भोलि बिहान ६ बजेदेखि सवारी साधन चलाउन नपाइने

| २०७९ बैशाख २९ गते २०: ५१ मा प्रकाशित

काठमाडौं । स्थानीय तहको निर्वाचनको दिन भोलि शुक्रबार बिहान ६ बजेबाट पूर्णरुपमा सवारीसाधन सञ्चालनमा निषेध गरिने भएको छ ।

निर्वाचनका बेला आचारसंहिता उल्लंघन र अन्य कुनै अप्रिय घटना नहुन् भनेर सवारीसाधनमार्फत मानिसहरुको मोबिलिटीलाई निषेध गरिएको उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) उत्तमराज सुवेदीले बताए । तर यो अवधिमा अत्यावश्यक सवारी साधन चाहिँ सञ्चालन हुनेछन् ।

डीआईजी सुवेदी भन्छन्, ‘आजै राति १२ बजेपछि सवारीसाधन नचलाउन हाम्रो अनुरोध हो, बिहान ६ बजेदेखि त पूर्णतः निषेध नै गरिन्छ ।’ बेलुकी मतदान सकिएपछि मात्रै सवारीसाधन सञ्चालन गर्न दिने नेपाल प्रहरीको तयारी छ ।

एकठाउँमा मत हालेको व्यक्ति अर्को ठाउँमा गएर भिड जम्मा नहोस्, अनावश्यक प्रभाव पार्ने काम नहोस् भन्ने लगायतका कारणले मतदानको दिन सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ ।स्रोत - अनलाइनखबर 

प्रतिक्रिया दिनुहोस्