सार्वजनिक बिदाको दिन सरकारी सवारीसाधन चलाउन निषेध

| २०७९ जेठ ५ गते १९: ४३ मा प्रकाशित

सार्वजनिक बिदाको दिन सरकारी सवारीसाधन सञ्चालनमा गर्न नपाईने भएको छ ।

बिहीबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक बिदाको दिन सरकारी सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।

आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले पास नलिई र अत्यावश्यक बाहेक सवारी चलाए जफत गर्न ट्राफिक प्रहरीलाई निर्देशन समेत दिएको सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले जानकारी दिए ।

पौडेलले भने,,‘अब अत्यवश्यक भए जिल्ला प्रशासन कार्यालयबाट पास जारी हुन्छ, नभए सरकारी नम्बर प्लेटको गाडी चलाउन पाइन्न।’

प्रतिक्रिया दिनुहोस्