सरकारले कक्षा ८ सम्मका बालबालिकालाई दिवाखाजा दिने

| २०७९ जेठ १० गते १८: ५७ मा प्रकाशित

काठमाडौं। सरकारले कक्षा ८ सम्मका बालबालिकालाई दिवाखाजा दिने भएको छ।

सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति भण्डारीले दिवा खाजा कार्यक्रमलाई कक्षा आठसम्म पुर्‍याइने बताएकी हुन्। आधारभूत तहदेखि उच्च शिक्षा सम्मको शिक्षण सिकाइ कार्यक्रम सुधार गरिने र विद्यालय क्षेत्र सुधार कार्यक्रम कार्यान्वयन गरिने पनि भण्डारीले बताइन्।

उनले सामुदायिक विद्यालयमा अंग्रेजी, विज्ञान र प्राविधिक धारको शिक्षक व्यवस्थापन गर्ने घोषणा गरेकी छन्। त्यस्तै पूर्वाधार विकासमा जोड दिने, मदरसा गुम्बालगायतका विद्यालयलाई विद्यार्थीका आधारमा अनुदान दिने पनि घोषणा गरेकी छन्।

प्रतिक्रिया दिनुहोस्