गुल्मीमा चट्याङ् लागेर एक जनाको मृ'त्यु

| २०७९ जेठ ११ गते १८: ५१ मा प्रकाशित

गुल्मी ।गुल्मीमा  चट्याङ् लागेर एक जनाको मृत्यु भएको छ।

जिल्लाको  मदाने गाउँपालिका ४ म्यालपोखरीकी ४५ वर्षीया राधिका भट्टराईको मङ्गलबार राति चट्याङ् लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिए ।

गोठमा गाईबस्तुलाई घाँसपात गर्ने क्रममा चट्याङ् लागेर उनको मृत्यु भएको खरेलले बताए ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला  प्रहरी कार्यालय गुल्मीले  जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्