भरतपुरकी मेयर दाहाल सवार गाडी दुर्घटना

| २०७९ जेठ १३ गते १६: २० मा प्रकाशित

काठमाडौँ — चितवनको भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल सवार गाडी दुर्घटनामा परेको छ । बहिनी गंगाका अनुसार ललितपुरको जावलाखेलमा दाहाल सवार गाडी टायर पन्चर भएर पोलमा ठोक्किएको थियो । 

दुर्घटनामा दाहाललाई टाउकोमा सामान्य चोट लागेको गंगाले बताइन् । 'त्यस्तो ठूलो चोट होइन, सुमेरु अस्पतालमा सामान्य उपचारपछि हामी घर जाने तयारीमा छौं,' उनले भनिन् ।

दाहाल भरतपुरको मेयरमा पुन: निर्वाचित भएपछि काठमाडौं आएकी हुन् । उनी सवार प्रदेश ३–०१–०२३ च ७३१८ नम्बर गाडीको दुर्घटनामा परेको हो । गाडी अगाडिको भागमा क्षति पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्