गणतन्त्रको नाममा राजनितीक नाफा घाटाकाे खेल : समग्रमा असफल गणतन्त्र

| २०७९ जेठ १५ गते १६: ३६ मा प्रकाशित

आज गणतन्त्र दिबस हो, हामी यसलाई स्वीकार गरिरहेका छौ त्यसैले के वास्तवमै  ग्राउन्ड लेभल र यथार्थ धरातलमा यसको प्रभावकारिता र जनताले महसुस गर्ने गरि आशा तथा भरोसा अनुरुप के गणतन्त्र कार्यन्वयन भएको छ? प्रश्नहरु अनवरत र अनुत्तरित छन।

हाम्रो देश नेपाल प्राकृतिक, सास्कृतिक सामाजिक र भौगोलिक हिसाबले सम्पन्न र धनी हुदाहुँदै पनि केही व्यक्तिहरुको सिमित व्यक्तिनिहित स्वार्थमा राज्यको शत्ता र व्यबस्था निहित हुदा, आज यो गणतन्त्रको अवस्था निकै दयनीय अबस्थामा रहेको छ। गणतन्त्रको नाममा राज्य व्यवस्था शासन  सार्वभौम जनताको हातमा छ भने पनि, क्षणिक गणतन्त्रको कर्मकाण्ड पूरा गरेर भोगबिलास भने कुनै तानाशाह र एकाधिकार जस्तो छ। जनताको अपेक्षा अनुरुप कुनै पनि गणतन्त्रको जगबाट शाश्वत सुधार हुन सकेको छैन, बिडम्बना हाम्रो देशमा गणतन्त्र होइन केही राजनीतिक दलहरुको एकाधिकार मात्र छ। लोकतन्त्र र गणतन्त्र केबल खोक्रो आदर्शको बनावटी फगत आडम्बर मात्र भएको सन्दर्भमा केही छोटे नया राजाहरुको लागि त यो व्यवस्था फलिफलाप होला, उनिहरुको सामाजिक जिबनमा आमूल परिबर्तन पनि भएका होलान, उनिहरु  नजिकका व्यक्तिहरुमा ठुलै जनक्रान्ती भएपनी, समग्र देश र गरिब, दलित, असाय जनताहरुले यो नया गणतन्त्रमा चरम अभाव, पक्षपाती सामाजिक व्यवस्था,उच्च नाताबाद, पूर्वाग्रही न्याय व्यवस्था, दिक्क लाग्दो बिकाउ सुशासन, गम्भीर महिला तथा सामाजिक सुरक्षा व्यवस्था, देश र जनताको खस्कदोआर्थिक अवस्था, चरम लापरबाही, अनिमियता भष्टचार, राष्ट्रिय स्वाभिमानमा आच, फितलो र कमजोर परराष्ट्र निति, ढाड सेक्ने गरि गुजारा चलाउन मुस्किल पर्ने महङ्गी, समाज र देशलाई नै वाक्क बनाउने बेरोजगारी, के यी सबै गणतन्त्रका अनमोल सौगात हुन त?

केही दिन अघिमात्र स्थानीय चुनाव सकियो लोकतन्त्र र गणतन्त्रको एउटा आधार र स्तम्भ चुनाव भएपनि, गरिब, असाय जनता र सामाजिक कार्यको लागि राजनीति र जनप्रतिनिधि बन्ने भने पनि चुनावमा पैसा, रक्सी (सराब) बोकेर नेताहरु धेरै गरिब र दलित बस्तीमा जनताको मतलाई प्रभावित पार्न पुगेको दृश्य देखेको हो । क्षणिक मतदातालाई भ्रममा पारेर बर्षौ लुट्ने गरेको चित्र हामी सामु छर्लङ्ग छ। आज जनप्रतिनिधि भन्ने हरुको जिबनस्तर र उनीहरुको परिवर्तन र सम्पत्तिको स्रोत के हो त? यहाँ सार्बभौम जनता मालिक,गरिब छ्न तर उनिहरुका नोकर जनप्रतिनिधिहरु सम्पन्न र मौज मस्तिमा छ्न। यो भन्दा ठूलो गणतन्त्रको उपहास अरु के हुन सक्ला र?

बरु यो मैले बुझ्न नसकेको हामी गणतन्त्र होइन ठगतन्त्र भनेर मनाउदा फरक पर्दैन, यो गणतन्त्र व्यवस्थाभित्र जनताको नाम लिएर, राजनीतिक नाफा घाटाको कारोबार मात्र हुन्छ। आज लगभग देशको पुरै जनसंख्याको एक तिहाई र सक्षम युबाहरु मध्य दुई तिहाई युबाहरु रोजगारीका लागि निर्बासित जीवन बाच्नु परेको छ, यो सबै हाम्रो असफल राजनीति र शासन  व्यवस्थाको उपज हो।

त्यो दिन उत्साह र भब्य गणतन्त्र हुनेछ जुन दिन यो देशका जनताहरु आत्मनिर्भरताले सम्पन्न हुने छन, जागरुक र चेतानाले जनता आफ्नो जनप्रतिनिधि चुन्दै असली मालिक बन्ने छ्न, समाजमा सुधार, पुर्ण पार्दरशिता, सुशासनको असलता प्रत्याभूति हुनेछ अनि जनप्रतिनिधिहरु जनताका मालिक होइन सेवक हुनेछन त्यो दिन असली गणतन्त्र दिबस हुने छ । नत्र यहि व्यवस्था ,यहि पद्धति, यहि व्यबहार र  यहि सोचले गणतन्त्रको उपहास गर्नु हो, जित बिनाको बिजय उत्सब, धर्म बिनाको सत्यनारायण पुजा र उपलब्धि बिनाको प्रसन्नता व्यक्त गर्नु मात्र हो।

प्रतिक्रिया दिनुहोस्