गुल्मीमा जेसिबिले ढुङ्गा पल्टाउँदा विद्यालय जाँदै गरेका विद्यार्थीको मृ'त्यु

| २०७९ जेठ २६ गते १६: १३ मा प्रकाशित

गुल्मी।गुल्मीमा मोटरबाटो खन्ने क्रममा पल्टिएको ढुङ्गाले लागेर विद्यालय जान लागेका एक जना विद्यार्थीको मृत्यु भएको छ जिल्लाको मुसिकोट नगरपालिका ३ मा स्थानीय मैदान ठुलापोखराको ग्राभेल भएको बाटो सोर्न क्रममा पल्टिएको ढुङ्गाले स्थानीय पृथ्वी माविमा अध्ययन गर्ने १४ वर्षीय गगन रायमाझीको मृ'त्यु भएको छ ।

बिहान करिब ९ :३० बजे तिर ८५८ (ex) नम्बरको जेसिबिले पल्टाएको ढुंगाले लागेर घाइते भएका बालकलाई वडागाउँ स्वास्थ्य चौकीमा सामान्य उपचार पश्चायत तम्घास ल्याउँदै गर्दा बाटोमै मृ'त्यु भएको प्रहरीले जनाएको छ । मृतक रायमाझीको शब पोष्टमार्टमका लागि गुल्मी अस्पताल राखिएको छ । घटना बारे अनुसन्धान भैइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्