राप्रपा बाणगङ्गाको नगर प्रवक्तामा भिमराज साहि सर्वसम्मत चयन

| २०७९ असार ११ गते १७: ३६ मा प्रकाशित

चेतन बिष्ट, जितपुर । रास्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा बाणगङ्गाको नगर प्रवक्तामा  भिमराज साहि चयन हुनुभएको छ । आज बाणगङ्गा १ जितपुरमा भएको नव निर्वाचित जनप्रतिनिधि लाई बधाई तथा उम्मेद्वारहरुलाई गरीएको सम्मान कार्यक्रमका बीच नगर प्रवक्तामा साहि सर्वसम्मत चयन हुनुभएको हो । 

राप्रपा बाणगङ्गाका नगर अध्यक्ष गिरिराज कडेलको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेश उपाध्यक्ष भुपाल रावतको प्रमुख आतिथ्यता, जिल्ला अध्यक्ष नारायण बहादुर सिंहको बिशिस्ट आतिथ्यतामा  सम्मपन्न भएको कार्यक्रममा जिल्लाका धेरै निर्वाचन क्षेत्रमा आफ्ना जनप्रतिनिधिले किन हार्नु पर्यो भन्ने बारेमा बिशेष छलफल भएको थियो ।

कार्यक्रममा  बोल्दै राप्रपा लुम्बिनीका  उपाध्यक्ष  भुपाल रावतले पार्टीमा  आज सम्म भएका सम्पुर्ण कमीकमजोरी लाई आफ्नो ठाउँ बाट आत्म आलोचना गरि अघि बढ्नुपर्नेमा जोड दिनुभएको थियो । कार्यक्रममा  बोल्दै उहाले भन्नुभयो, “स्थानिय निर्वाचनको समयमा केहि तत्त्वले गर्दा पार्टी भित्र किचलो पनि देखियो । अब पार्टीलाई सुदृढीकरण गर्दै अघि बढाउनु पर्छ, हामि सबैले आफ्नो गल्ती स्वीकार गर्दै अरु राजनैतिक दलका नेता कार्यकर्ता भन्दा फरक भएर अघि बढ्नुपर्छ ।ू उहाले भन्नु भयो । जिल्ला अध्यक्ष नारायण बहादुर सिंहले पार्टी पहिला भन्दा निक्कै दरिलो तरिका बाट अघि बढेको दाबि गर्नुभएको छ । निक्कै कम भोट प्राप्त हुने स्थानिय तहमा पनि अहिले जिल्लाका नेता  तथा  कार्यकर्ताको अथक प्रयास बाट जिल्लाभर नै नगरीकमा राप्रपा प्रतिको चाख उल्लेखनीय रुपमा  बढेको उहाले बताउनु भएको छ । 

त्यस्तै बाणगङ्गा नगर अध्यक्ष गिरिराज कडेलले नगरका  कुनै वडामा  आफ्ना  भोट कमि भए पनि अन्य वडाका जनप्रतिनिधिले भने निक्कै राम्रो मत प्राप्त भएकोमा  खुसि ब्याक्त गर्नुभएको थियो । 

आफ्नो गुनासो राख्ने क्रममा धेरै बक्ताहरुले अबका दिनमा पार्टिलाइ अझ सशक्त ढङ्गबाट अघि बढाउनमा आफुहरु लागिपर्ने बताएका थिए । त्यस्तै  जिल्ला, प्रदेश र केन्द्रका  नेताले स्थानिय नेता कार्यकर्ता लाई आबस्यक प्रशिक्षण र सहयोग नगरेकोले निर्वाचनमा  सोचेजस्तो मतपरिणाम प्राप्त गर्न नसकेको स्थानिय नेता कार्यकर्ताको गुनासो रहेको थियो । 

जिल्लाका नेता कार्यकर्ता, पत्रकार लगायत अन्य ब्याक्तिको उपस्थितिमा गरिएको बधाई, सम्मान तथा अन्तरक्रिया कार्यक्रमको संचालन भने बाणगङ्गा नगर सचीव नवराज घिमिरेले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्