काठमाडौं। पूर्व सचिव भीम उपाध्याय सामाजिक सञ्जालमा निकै सक्रिय छन्।
उनले विभिन्न विकृति, विसंगति, व्यक्ति तथा संस्थाका कमिकमजोरीलगायत समसामयिक विषयमा फेसबुकमा स्टाटस लेख्ने गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्ने कुराहरुले छिट्टै प्रभाव पार्ने गरेको छ।
यस्तै, उनले स्टाटस लेखेको २४ घण्टामा ट्राफिक प्रहरीले एस्सन लिएको छ।
उनले बुधबार अपराह्न ५ बजेतिर ब्रिटिस दूतावास लैनचौरको ठीक अगाडि आरटिसी इङलिस नामको अंग्रेजी पढाउने इन्स्टिच्युटको पार्किङ सधै फुटपाथमा हुने गरेको कुरासहितको स्टाटस लेखेका थिए।
उपाध्यायले स्टाटसमा हालेको फोटो।उक्त स्टाटस लेखेको २४ घण्टा नपुग्दै प्रहरीले उक्त स्थानबाट पार्किङ हटाएको छ।
उनको स्टाटसमा कमेन्ट गर्दै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उक्त स्थानको फुटपाथमा पार्किङ गरेका सवारी धनीहरुलाई कारबाही गरी अबरोध हटाइएको जानकारी दिएको छ।
साथै, ट्राफिक प्रहरी उक्त कुराको जानकारी दिएकोमा उपाध्यायलाई धन्यवाद दिएको छ।
स्टाटसपछि प्रहरीले उक्त स्थानबाट पार्किङ गरेर राखिएका सवारीसाधन हटाएको छ। त्यस्तै, संसद् भवन वरिपरिका फुटपाथको काडेतार पनि हटाइएको छ।
संसद् भवन वरिपरिका फुटपाथमा काडेतार राखिएकोमा विरोध जनाउँदै उपाध्यायले स्टाटस लेखेका थिए।
प्रतिक्रिया दिनुहोस्