विवादरहित आबेको निधनले विश्वजगत नतमस्तक

| २०७९ असार २४ गते १६: ११ मा प्रकाशित

काठमाडौं । राजनीतिक र सामाजिक रूपमा शान्त मानिने जापानमा हत्या, हिंसाको प्रकोप देखिन थालेको छ ।

चुनावी प्रचारमा हिँडेका जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबे गोलीको शिकार बनेको घटनाले विश्व जगत स्तब्ध भएको छ । विश्वका लोकप्रिय नेताको रूपमा परिचित आबे जापानको सबैभन्दा कान्छो उमेरका प्रधानमन्त्री हुनु्हुन्थ्यो ।

राजनीतिक परिवारको पृष्ठभूमिबाट आउनुभएका आबेको जन्म २१ सेष्टेम्बर सन् १९५४ मा जापानको टोकियोमा भएको थियो ।

ओसाका विद्यालयमा अध्ययन अध्यापन गर्नुभएका आबेले जापानको साइकेई युनिभर्सिटीबाट राजनीतिक शास्त्रमा स्नातक गर्नुभयो । बाँकी पढाइ उहाँले अमेरिकाको क्यालिफोर्निया युनिभर्सिटीबाट सक्नुभयो ।

अमेरिकाबाट जापान फर्केलगत्तै जापानको स्टील प्लान्टमा काम गर्नुभएका उहाँ सन् १९८२ देखि राजनीतिमा प्रवेश गर्नुभएको थियो । सन् १९९३ मा आफना पिताको मृत्युपछि आबेले संसदीय चुनावमा भाग लिइ सांसद हुनुभएको थियो ।

सन् २००६ मा लिबरल डेमोक्रेटिक पार्टीबाट जापानको प्रधानमन्त्री चुनिँदा उहाँको उमेर ५२ वर्ष मात्र थियो । एक वर्षसम्म जापानको प्रधानमन्त्री पदमा रहँदा देशमा उहाँले वाहावाही कमाउनुभएको थियो ।

सन् २०१२ का पुन प्रधानमन्त्री नियुक्त हुनुभएका उहाँ ८ वर्ष अर्थात् सन् २०२० सम्म देशको प्रधानमन्त्री बन्नुभयो । यद्यपि स्वास्थ्यले साथ नदिएपछि उहाँले पदबाट राजीनामा दिनुभयो । तर, लिवरल डेमोक्रेटिक पार्टीको अध्यक्षता भने गरिरहनुभयो ।

आबेको कार्यकालमा जापानको अर्थ व्यवस्थामा नयाँ छलाङ आयो । आर्थिक नीतिलार्ई आबेनोम्क्सि भनि नयाँ शब्दले परिभाषित गरिँदा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि मोदीनोमिक्स भनि भारतको अर्थव्यवस्थाको नामाकरण गरेको इतिहास छ ।

पदमा रहँदा कहिले पनि विवादमा नपर्नुभएका आबेले निधनले विश्वजगत नतमस्कत भएको छ ।

एजेन्सीकाे सहयाेगमा

प्रतिक्रिया दिनुहोस्