स्वर्गद्वारीमा तीर्थयात्री बोकेको जीप दुर्घटना : १ जनाको मुत्यु, १४ जना घाइते

| २०७९ सावन १४ गते ०३: ३० मा प्रकाशित

हरिश्चन्द्र बिश्वकर्मा । प्युठानको स्वर्गद्वारी नगरपालिका वडा नंवर ४ भ्यागुतेमा आज शनिवार दिउँसो जीप दुर्घटना हुँदा एकजना महिलाको घटनास्थलमै  मृत्यु भएको छ।

स्वर्गद्वारी बाट भिङ्ग्री तर्फ आउंदै गरेको लु ३ च ३५३ नम्वरको जीप दुर्घटना हुँदा रुपन्देहीको मायादेवी गाउँपालिका ३ कि ३२ वर्षीय गुडिया ठाकुरको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय भिङ्ग्रीले जनाएको छ ।

 

प्रहरीका अनुसार दुर्घटनामा १४ जना घाईते भएका छन । भने त्यस मध्ये ९ जनाको अबस्था गम्भीर बताएका छन ।घाईतेहरुलाई प्राथमिक उपचार पछि बुटवल रिफर गरिएको छ। स्वर्गद्वारी मन्दिर दर्शन गरेर फर्कने क्रममा जीप दुर्घटनामा परेको हो। 

 

रुपन्देहिको सिद्धार्थ नगर नगरपालिका र मायादेवी गाउँपालिकाका स्थानिय जीप रिजर्व गरेर हिजो शुक्रवार दर्शनका लागि स्वर्गद्वारी पुगेका थिए जीपमा १७ जना सवार थिए।

ब्रेक नलागेर जीप दुर्घटनामा परेको प्रहरीले अनुमान गरेको छ।

प्रतिक्रिया दिनुहोस्