विमानबाट समातिएका व्यक्ति चोरीको सुन किन्ने आरोपित

| २०७९ सावन १८ गते १७: २३ मा प्रकाशित

काठमाडौं । मुम्बई जान लागेको नेपाल एयरलाइन्सको विमानबाट पक्राउ परेका व्यक्तिको परिचय खुलेको छ । उनी कैलालीका सन्तोष लामिछाने भएको प्रहरीले जनाएको छ ।

उनी सुदूरपश्चिम प्रदेश सुनचाँदी व्यवसायी संघका अध्यक्ष हुन् । उनीसँगै पत्नी मीना लामिछाने पनि सँगै विमान चढेर मुम्बई जान लागेकी थिइन् ।

चोरी सुन किनेको आरोपमा उनी पक्राउ परेका हुन् । प्रहरीलाई सो विमानमा रहेका एक शंकास्पद यात्रुबारे विशेष सूचना आएपछि विमान रोकेर चेकजााच गरेको थियो । सबै यात्रु ओरालेर प्रहरीले सुरक्षा जाँच गरेको थियो ।

लामिछानेमाथि यसअघि पनि जिल्ला प्रहरी कार्यालय कैलालीमा ठगी आरोपमा उजुरी परेको प्रहरी स्रोतले जनाएको छ । लामिछाने सुनचाँदी व्यवसायीको टोलीसँग मुम्बई घुम्न जान लागेका थिए ।

उक्त विमानमा चढिसकेका लामिछानेलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । त्रिभुवन विमानस्थल कार्यालयका प्रमुख प्रेमनाथ ठाकुरका अनुसार १ः१० मा मुम्बई उड्नुपर्ने न्यारोबडी जहाजलाई प्रहरीको आग्रहमा रोकेको थियो ।

प्रहरीलाई विमान चढिसकेका व्यक्तिबारे हृवाट्सएपमा सूचना आएको थियो ।

‘सुन तस्करीमा संलग्न शंकास्पद एक जना व्यक्ति विमानमा चढेको भन्ने सूचना थियो, प्रहरीले नेपाल एयरलाइन्सलाई आग्रह गरेर विमान रोकेको हो,’ उनले भने, ‘सबै चढिसकेका यात्रुलाई झारिएको छ ।’ फेरि विमान मुम्बई उडाउन बोर्डिङ भइरहेको ठाकुरले बताए ।source - onlinekhabar

प्रहरीले लामिछानलाई नियन्त्रणमा लिएपछि निर्धारित समयभन्दा २ घण्टा ढिला गरी विमान मुम्बइका लागि उडेको थियो ।

प्रतिक्रिया दिनुहोस्