जिप्रका गुल्मी कार्यसम्पादनमा सर्वोत्कृष्ट ठहर

| २०७९ सावन २० गते १५: ४२ मा प्रकाशित

गोकर्ण पाण्डे ,गुल्मी।गत वर्ष तेस्रो नम्बरमा रहेको गुल्मी यसपटक ९७.७५ प्रतिशत अंक प्राप्त गरी जिल्ला प्रशासन कार्यालयहरुमा सवोत्कृष्ट भएको हो । बिहीबार मूल्यांकन समितिका संयोजक प्रमुख भीष्मकुमार भुसाल र प्रशासन महाशाखाका प्रमुख टेकबहादुर केसीले बुझाएको अध्ययन प्रतिवेदनअनुसार कार्यसम्पादनमा मुल्याङकनमा गुल्मीलाई देशैभरीका जिल्ला प्रशासन कार्यालयहरु मध्ये सर्वोत्कृष्ट ठहराएको हो । 

कार्यसम्पादन मूल्यांकनमा सर्वोत्कृष्ट अंक प्राप्त गर्ने जिल्ला प्रशासन कार्यालय गुल्मीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा सहसचिव पुण्यविक्रम पौडेल रहनुभएकाे छ ।  गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीहरुसँग गरेको कार्यसम्पादन सम्झौताको आधारमा कार्यान्वयनको अवस्थाको मूल्यांकन गरेर बर्षै पिच्छे गृह मन्त्रालयले नतिजा सार्वजनिक गर्दै आएको छ ।

सो समितिले शान्ति सुरक्षा, अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाह, लागूऔषध नियन्त्रण, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, मुआब्जा वितरण र विकास निर्माणमा समन्वय तथा आर्थिक प्रशासनसमेत गरी ६८ वटा परिसूचकहरूलाई मुल्यांकनलाई आधार मानी प्रत्येक बर्ष प्रतिवेदन तयार गर्दैैै आएको छ ।

जसअनुुसार  ९७ प्रतिशत अंकसहित अर्घाखाँची प्रशासन दोस्रो, नवलपरासीपूर्व प्रशासन ९६.७५ प्रतिशतसहित तेस्रो स्थानमा रहन सफल भएका छन भने रूकुम पश्चिम प्रशासन ९६.५ सहित चौंथो नम्बरमा परेको छ । यसैगरी, हुम्ला जिल्ला प्रशासन पाँचौं नम्बरमा पर्न सफल भएको छ भने हुम्लासँगै समान ९५ प्रतिशत अंक नै पाएको डडेलधुरा पनि पाचौं स्थानमा रहन सफल भएको गृह मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्