भारतीय तिर्थयात्रीहरु नेपाल ट्राफिक पुलिस प्रती आक्रोशित

| २०७९ सावन २० गते १६: १४ मा प्रकाशित

अर्जुन थापा अर्घाखाँचीबुलेटिन।अर्घाखाँची जिल्लाको पहाड को खोचमा रहेको प्रसिद्ध सुपादेउराली मंदिर अनि प्युठान स्थित प्रभुनाथ धाम जाने भारतीय तिर्थयात्री हरेकदिन नेपाल ट्राफिक प्रहरीको शोषण को शिकार भएका गुनासो आएका छ्न । 

आफू हरु नेपालमा भंसार नेपाल प्रवेश प्रमिट आरसी इंस्योरेंस लगायत सम्पुर्ण कागजतहरु बर्डर मा बनाएर भगवानको दर्शन गर्न  भनि खुशी हुँदै निसकन्छ्न तर बिडम्बना खुशी हुनुको  बदला  फ्रकिने क्रम मा निराश अनि दु:खि भएर फ्रकनु परेको बताउछन् ।

अर्घाखाँचीको सुपादेउराली मंदीर मा सयौं भक्तजनहरुको भिड हुन्छ त्यहाँ मनले मागेको सबै कुरा पूरा हुने मान्यता छ । साथै त्यहाँ को हावा पानी र पहाडी इलाका भएको कारण ले पनि बिदेशी लगायत भारतीय पर्यटन पनि घुम्न जान धेरै रुचाउँछन अर्घाखाँचीमा रहेको सुपादेउराली र प्युठान मा रहेको प्रभुनाथ बाबा स्वर्गद्वारी धाम भारतीय पर्यटन को आस्था को केन्द्र मानिन्छ।त्यहाँ जान को लागि भारतीयहरु कोहि नेपाली  बस ट्याक्सी मा जान्छ्न भने कोहि आफनै सवारीसाधन मा जाने गर्दछन।

यति बेला सुपादेउराली र प्युठान मा रहेको प्रभुनाथ बाबा स्वार्गद्वारी जान को लागि नेपाल बर्डर बडनी - कृष्णनगर मा लामो लाइनमा बसि सबै प्रक्रिया पूरा गरि अगि बडछ्न। तर सुपादेउराली आउने क्रममा भारतीय गाडी देखे पोछि ठाउँ ठाउँ मा चेकिंग गर्नाले मन खिन बनाएका आफ्नै नयाँ कार लिएर सुपादेउराली दर्शन गरेर फर्किएका भारतीय बांसी क्षेत्र निवासी रामप्रकाश यादव,शोहस्तगड निवासी दिलिप यादव ले आफू हरु सुपादेउरालि मंदिर जाने क्रम मा पथरकोट अनि ठाडा निकट ट्राफिक पुलिसले  पैसा लिएको र चलान पर्ची पनि नदिएको बताउछ्न आफू सङ्ग सबै कागजातहरु हुँदा पनि चलान गरेको मा उहाँ हरु दु:खि भएको बताउछन् । 

 यसैप्रकार कृष्णनगर बाट प्युठान स्वार्गद्वारी जाने हरु लाई पनि जवाभारी, बनकस बास , भालुबांग  लगायतका ठाँउ हरु मा मोटरसाइकल  चाल्क हरु सङ्ग ५०० बाट एक हजार र कार जिप हरु बाट ३००० तिनहजार सम लिएको गुनासो  छ र कसैलाइ पर्ची दिने र कसैलाई नदिने गुनासो आएको हो ।  तर नेपाल बाट भारत मा भने बिना रुकावाट  बर्डर मा चेक भए पोछी आवाज जावत मा यास्तो समस्या नभएको बताउछ्न ।

यदि केही कागजातहरु अपुग  भएको खण्डमा पहिला नै पर्यटन अथवा भक्तजनहरु लाई नेपाल मा के के चाहिन्छ था नहुन पनि सक्छ तेसैले प्रवेश गर्ने  ठाउँमा  नै प्रहरी अथवा भंसार प्रमुख हरु ले  जानकारी दिएमा यस्ता खालको समस्य हरु न्यूनीकरण ग्रन सकिन्छ यसमा संबंधित निकायको ध्यानाकर्षण भएमा पर्यटन प्रवर्धन र दुबै देश बिच को मित्रता कायम रहने छ ।

प्रतिक्रिया दिनुहोस्