प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि ७६ दल दर्ता

| २०७९ सावन ३१ गते १७: ४९ मा प्रकाशित

काठमाडौँ — आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनकालागि ७६ वटा दल दर्ता भएका छन् । निर्वाचनमा भाग लिन दल दर्ता गर्नुपर्ने व्यवस्थाबमोजिम निर्वाचन आयोगमा ७६ वटा राजनीतिक दल दर्ता भएका हुन् ।

आयोगले मंगलबारसम्म समय दिएर आगामी निर्वाचनका लागि दल दर्ता गर्न सूचित गरेको थियो । त्यसअनुसार ७६ वटा दल दर्ता भएका आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

‘आयोगको सूचनाअनुसार दल दर्ता गर्ने समय आजसम्म हो । अहिले ५ बजेसम्म ७६ वटा दल दर्ता भएका छन्,’ प्रवक्ता पौडेलले इकान्तिपुरसँग भने ।

सरकारले आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन एकैचरणमा गर्ने घोषणा गरेको छ भने त्यहीअनुसार आयोगले तयारी गरिरहेको छ । 

कान्तिपुर 

प्रतिक्रिया दिनुहोस्