माओवादीमा पम्फा भुसालसहित ५ जना उपाध्यक्षको जिम्मेवारी

| २०७९ भदौ २ गते १६: ५२ मा प्रकाशित

काठमाडौं । नेकपा माओवादी केन्द्रले पाँच जना नेताहरुलाई उपाध्यक्षको जिम्मेवारी दिने भएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेताहरु दिनानाथ शर्मा, कृष्णबहादुर महरा, गणेश साह, पम्फा भुसाल र हरिबोल गजुरेललाई उपाध्यक्ष बनाउने तयारी गरेका माओवादी केन्द्रका एक नेताले जानकारी दिए ।

प्रचण्डले वरिष्ठ उपाध्यक्षको जिम्मेवारी भने नेता नारायणकाजी श्रेष्ठलाई दिइसकेका छन् ।

नेकपा माओवादी केन्द्रको बुधबार सुरु भएको स्थायी समिति बैठकमा पदाधिकारी टुंगो लगाउने विषयमा छलफल भएको थियो । बिहीबार बस्ने बैठकले पदाधिकारी टुंगो लगाउने भनिए पनि साँझसम्म बैठक बस्न सकेको छैन ।

नेताहरुका अनुसार बिहीबार नै बस्ने बैठकमा प्रचण्डले पदाधिकारीको प्रस्ताव गर्ने छन् । माओवादी स्रोतका अनुसार देव गुरुङ महासचिव हुने पक्का जस्तै छ । महासचिवका दावेदारद्वय वर्षमान पुन र जनार्दन शर्मासँगै गिरिराजमणि पोखरेल उमहासचिव बन्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्