गुल्मीमा करेन्ट लागेर एक जनाको मृ'त्यु

| २०७९ भदौ २१ गते २१: ५१ मा प्रकाशित

गुल्मी । गुल्मीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको धुर्कोट गाउँपालिका वडानम्बर–४ जैसिथोक निवासी ४२ वर्षका मानबहादुर रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डिएसपी) माधवराज खरेलले बताउनु भयो ।

मंगलवार बिहान रानालाई आफनै घरको छडमा पास भएको करेन्ट लागि २ तला माथिबाट खसेर घाइते भएका थिए । घाइतेको उपचारको क्रममा गुल्मी अस्पताल तम्घासमा मृत्यु भएको डिएसपी खरेलले बताउनु भयो।

प्रतिक्रिया दिनुहोस्