लुम्बिनीबौद्ध विश्वविद्यालयको कानुन संकायमा शिक्षकको अभावमा विद्यार्थीको पठनपाठन अलपत्र

| २०७९ असोज १३ गते २०: ०९ मा प्रकाशित

चेतन विष्ट, कपिलवस्तु । देशमा बेरोजगारीका कारण लाखौं जनशक्ति अवसरको अभावमा वैदेशिक रोजगारीमा जान विवश छन । तर देशको गौरवको रुपमा उदाउन खोजेको लुम्बिनी बौद्ध विश्वविद्यालयले बारम्बार शिक्षक आवेदन माग गर्दा पनि माग अनुरुप आवेदन समेत नपरेको तथा माग भएअनुरुप कानुन संकायमा योग्य जनशक्ति पाउन सकिरहेको छैन ।

लुम्बिनीबौद्ध विश्वविद्यालयले चैत महिनामा २ जना साहायक प्रध्यापक पदमा आवेदन माग गरेकोमा १ जना रमेश यादवको मात्रको नियुक्तिभएको छ, भने त्यस पश्चात असार महिनामा माग भई आएको ४ जना साहायक प्रध्यापक पदमा १ जना भोगिन्द्र यादवको मात्र नियुक्ति भएको देखिन्छ । लुम्बिनीबौद्ध विश्वविद्यालयले 
आवश्यकता अनुरुप कानुन संकायमा योग्य जनशक्ति पदपुर्ति गर्न नसकिरहेको अवस्था देखिन्छ ।

देशै भरिबाट उपप्रध्यापक पदमा आवेदन माग भई आइरहेको अवस्थामा साहायक पद लिन कानुनमा स्नाकोत्तर गरेका जनशक्तिको आर्कषण नभएको अवस्थामा सोही पदमा बारम्बार आवेदन माग गर्नु बिडम्बनापुर्ण रहेको छ । साथै योग्य क्षमतावान जनशक्तिको अभावमा विध्यार्थीहरुको भविष्यमाथि खेलवाड भईरहेको महसुस भई सो पद लिन अस्विकार गरेको लुम्बिनीबौद्ध विश्वविद्यालयमा कानुन संकायमा अध्ययापनरत शिक्षक दिपक खनालले बताउनु भएको छ । लुम्बिनीबौद्ध विश्वविद्यालय सेवा नियमावलीमा रहेको व्यवस्थालाई परिमार्जन नहुँदा सम्म एल.एल.एम. गरेका योग्य जनशक्तिको रोजाई हुन नसक्ने प्रध्यापक खनालको भनाई रहेको छ ।

पुनः तेस्रौ लुम्बिनी बौद्धविश्वविद्यालयले भदौमहिनाको अन्तिममा साहायक प्रध्यापक पदमा आवेदन गरिएको अवस्थाले समेत पदाधिकारी लुम्बिनीबौद्ध विश्वविद्यालय संस्था तथा विध्यार्थीहरुको भविष्यप्रति जवाफदेहीताको अभाव देखिन्छ । नाम उल्लेख नगर्ने सर्तमा खुल्ला प्रतिश्पर्धाबाट आउनु भएका शिक्षकले लुम्बिनीबौद्ध विश्वविद्यालय पदाधिकारीले उपप्रध्यापक पदमा खुलाप्रतिश्पर्धा बिना आफनो मान्छे लाई ठाठै उपप्रध्यापक पदमा नियुक्ति दिने तर योग्य र क्षमतावान प्रतिश्पर्धीहरुलाई प्रवेशमै रोक लगाउने कार्य भइआएको काराण संस्थाको हविगत खस्कदो अवस्थामा रहेको भन्दै आक्रोश व्यक्तगर्नुृ भएको छ ।

यसरी सो लुम्बिनीबौद्ध विश्वविद्यालयको बुटवल सिटी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले समेत योग्यशिक्षको अभावमा पठनपाठनमा समस्या भई आएको गुनासो समेत गरेका छन । सोही क्याम्पसमा अध्यानरत विद्यार्थीले नाम नबताउने सर्तमा विद्यालयका पदाधिकारीले योग्य शिक्षकलाई निकाल्ने र आफ्ना नजिकका शिक्षकलाई नियुक्ति गर्ने बताएका छन । यसरी योग्य शिक्षकलाई विभिन्न बाहानामा निकाल्ने गरिरहँदा विद्यार्थीको भविष्य नै अन्योलमा परेको उनि बताउँछन ।

 उनि भन्छन क्याम्पसमा योग्य शिक्षक नआएको पनि हैन तर यहाँ आउने प्रत्येक योग्य शिक्षकलाई विभिन्न बाहानामा क्याम्पस छोड्न बाध्य बनाइन्छ, अहिलेको अवस्था पनि ठ्याक्कै त्यस्तै छ । यो क्रम निरन्तर चलिरहेको छ, यसरी हाम्रो भविष्य नै के हुने हो थाहा छैन यस विषयउपर बुटवल सिटी क्याम्पसका क्याम्पस प्रमुख फणिन्द्र न्यौपानेसँग विद्यार्थीहरुको गुनासो तथा रिक्त स्थानमा योग्य शिक्षक भर्ना गर्न लुम्बिनीबौद्ध विश्वविद्यालय किन असमर्थ भएको भन्ने विद्यार्थीको प्रश्नमा हाल यस विषयमा बोल्न नमिल्ने जवाफ दिएको त्याहाँ अध्यानरत विद्यार्थीहरुले बताएका छन । तर हामिले उहाँ सगँ सम्पर्क गर्न खोज्दा फोन सम्पर्क हुन सकेको छैन । त्यस्तै सहायक प्रमुखले भने यो विषयमा क्याम्पस प्रमुख सँग नै कुरा गर्नुपर्ने बताउँदै उहाँले केही बोल्न चाहानु भएन ।

त्यस्तै यसै सम्बन्धमा लुम्बिनीबौद्ध विश्वविद्यालका सुचना अधिकारी लक्ष्मण पोख्रेल लाई किन पटक पटक शिक्षक माग गर्दा समेत माग अनुरुप आवेदन समेत नपरेको भनि गरिएको हाम्रो प्रश्नमा उहाँले उक्त पदको लागी योग्यता भएको शिक्षक यो क्षेत्रमा निक्कै कमि भएको र काठामाडौ तिर उहाँहरु धेरै बस्ने भएकोले यता आउन नमानेको हुन सक्ने उहाँले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्