अविरल वर्षासँगै खसेको पहिरोले ट्रान्सफर्मरमा क्षति,विद्युत सेवा अवरुद्ध

| २०७९ असोज २० गते १६: ५१ मा प्रकाशित

गोकर्ण पाण्डे, गुल्मी । अविरल वर्षासँगै खसेको पहिरोले ट्रान्सफर्मरमा क्षति पुर्‍याएपछि गुल्मीमा विद्युत सेवा अवरुद्ध भएको छ ।

तम्घासको पुतली बजारमा रहेको ३३ केभी मेन लाइनको ट्रान्सफर्मरमा माथिबाट खसेको पहिरोले क्षति पुर्‍याएको नेपाल विद्धुत प्राधिकरण गुल्मी  वितरण केन्द्रले जनाएको छ ।

पहिरोले ठूलै क्षति पुर्‍याएको र विद्धुत सेवा अवरुद्ध  भएको केन्द्रले जनाएको छ । पानी रोकिन साथ मर्मत कार्य अगाडि बढाइने गुल्मी वितरण केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्