बर्षाका कारण गुल्मीमा हालसम्म प्राप्त क्षतिको विवरण

| २०७९ असोज २१ गते १४: १५ मा प्रकाशित

गोकर्ण पाण्डे। अबिरल बर्षाका कारण गुल्मीका बिभिन्न ठाउँमा जनधनको क्षती भएको छ । अबिरल बर्षाका कारण गुल्मीको पल्लिकोट हुँगा सत्यवती गाउँपालिकाको बिभिन्न वडामा लामो समय देखि बिद्युत सेवा ठप्प छ ।

 धुर्कोट गापा ५ वस्तु टुनिचौरकी ४१ बर्षिय लक्ष्मी कुँवरको अरौदी खोलाले बगाएर मृत्यु भएको छ ।

 गुल्मीदरबार गापा ६ ठुलापोखरास्थित मान बहादुर कामीको घर माथिबाट पहिरो जाँदा घर र गोठ पुरिएर , बाख्रा, भैंसी गरि ६ लाखको क्षति भएको छ ।, मानवीय क्षति नभएको बताइएको छ ।

 बाइकमा मरेङ खोला तर्ने क्रममा धुर्कोट गापा  १ नयाँगाउँका हरी कुँवरको लु ८१ प ३८९६ नम्बरको बाइक बगायो, चालक सकुशल रहेका छन ।
कालिगण्डकी करिडोरअन्तरगत हर्मिचौरदेखि पूर्तिघाट सडकको बीच बीचमा पहिरो गई सडक पूर्णरूपमा अवरूद्व भएको छ ।

तम्घास सिमलटारी सडकअन्तरगत हुलाके खोला र रोदी खोलामा पानीको बहाव बढी सडक पूर्णरूपमा अवरुद्ध  भएको छ ।

 रेसुङ्गा नपा १२ स्थित मोती बहादुर रानाको घरमाथिबाट पहिरो जाँदा घर जोखिममा,शशस्त्रद्वारा उद्वार गरिएको छ ।

 रेसुङ्गा नपा  १३ दुविचौरमा सडक अवरुद्ध गर्नेगरी माथिबाट ढलेको रूख हटाएको छ ।
 रेसुङ्गा नपा  ७ कुँडापानीस्थित ९तम्घास अर्घाखाँची सडकअन्तरगत माथिबाट पहिरो जाँदा सडक पूर्णरूपमा अवरुद्ध भएको छ ।

चन्द्रकोट गापा ७ स्थित चन्द्रकोट मजुवा सडकमा पहिरो, सडक पूर्णरूपमा अवरुद्ध  भएको छ ।

 रूद्रवेणी वामी सडकअन्तरगत सत्यवती गापा ५ बाँदरेभिरमा पहिरो गई सडक पूर्णरूपमा अवरुद्ध भएको छ ।

 रेनपा ९ देउरालीस्थित रिडी तम्घास सडकमा पहिरो  खसेको छ ।चारपाला घुम्तीमा पहिरो, सडक अवरुद्ध  भएको छ । सेउघा सिमाघाट सडक अन्तरगत सेउघामा पहिरो, सडक पूर्णरूपमा अवरुद्ध भएको छ ।

प्रतिक्रिया दिनुहोस्