झरिले गुल्मीकाे जनजिवन कष्टकर,बिधुत र सडक सेवा अवरुद्ध

| २०७९ असोज २१ गते १४: २९ मा प्रकाशित

गोकर्ण पाण्डे,गुल्मी।  लगातार चार दिन देखि परेकाे पानीले  गुल्मीकाे जनजिवन कष्टकर बन्दै गएको छ। लगातार वर्षापछि चाडपर्ब मा परिवार तथा आफन्तजनको हातबाट टिका लगाउन आएका मानिस हरु आफ्नाे गन्तव्यमा फर्किन पाएका छैनन्। निरन्तरको वर्षाले केही क्षेत्रका विद्युत अवरोध भएका छन्। अधिकांश ग्रामिण सडक पहिरोले चल्न सकेका छैनन्। सदरमुकाम तम्घास बाट गाउँ जाने सबै प्राय सडक अवरुद्ध छन् ।तम्घास,मुसिकाेट,गुल्मीदरबार र छत्रकाेट केही स्थानमा पोल ढल्दा आंशिक रुपमा विद्युत समेत अवरुद्ध भएकाे छ।

त्यस्तै,गुल्मीदरबार गापा ६ ठुलापोखरास्थित मान बहादुर कामीको घर माथिबाट पहिरो जाँदा घर र गोठ पुरिएर , बाख्रा, भैंसी गरि ६ लाखको क्षति भएको छ। भने कालिगण्डकी करिडोरअन्तरगत हर्मिचौरदेखि पूर्तिघाट सडकको बीच बीचमा पहिरो गई सडक पूर्णरूपमा अवरूद्व भएको छ। र खुलाउने प्रयास भै रहेकाे प्रहरिले जनाएको छ।

 पहिरो गएपछि  अवरुद्ध भएको छ भने अधिकांश ग्रामिण सडक पहिरोले चल्न सकेका छैनन्। सदरमुकाम सन्धिखर्कबाट गाउँ जाने सबैप्राय: सडक अवरुद्ध छन्। भुमिकास्थान, शितगंगा र मालारानीका केही स्थानमा पोल ढल्दा आंशिक रुपमा विद्युत समेत अवरुद्द भएको छ।

बुधवार खोलाले बगाएका १ जना बालक अझै बेपत्ता छन्। सन्धिखर्क-७, किटेनीका १० वर्षिय बालक समिर पौडेललाई मामाघर जाने क्रममा स्थानिय फर्ज्याङ खोलाले बगाएको थियो। बुधवार र बिहिवार खोजिकार्य गरेपनि फेला पार्न नसकेको प्रहरीले जनाएको छ। 

लगातार तीन दिनदेखि अविरल वर्षाले जोखिम बढेपछि अत्यावश्यक बाहेक हिँडडुल तथा यात्रा नगर्न जिल्लावासीलाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्