सरकार र विप्लव नेतृत्वको नेकपाबीच वार्ता, सहमति कार्यान्वयन गर्ने विषयमा छलफल

| २०७९ मंसिर १५ गते २०: ०७ मा प्रकाशित

काठमाडौँ। गृहमन्त्री बालकृष्ण खाण र नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्कबहादुर बिश्वकर्मा ‘प्रकाण्ड’ बीच भेटवार्ता भएको छ । आज दिउँसो गृहमन्त्रीसहित सरकारका केही पदाधिकारी र प्रकाण्डबीच भेटवार्ता भएको हो ।

भेटमा सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच भएको सहमति कार्यान्वयन गर्ने विषयमा छलफल भएको बताइएको छ ।

गृह मन्त्रालयमा भएको भेटवार्तामा सरकारका तर्फबाट गृहमन्त्री बालकृष्ण खाण, निवर्तमान कानून न्याय तथा संसदीय व्यवस्थामन्त्री गोविन्दप्रसाद शर्मा, महान्यायाधीवक्ता खम्मबहादुर खाती, गृहसचिव विनोदप्रकाश सिंह सहभागी थिए । नेकपाका तर्फबाट प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्