नेकपाका महासचिव विप्लवलाई मातृशोक

| २०७९ मंसिर १९ गते १५: ५९ मा प्रकाशित

अर्घाखाँची। नेकपाका महासचिव विप्लवकी आमा आशिकादेवी चन्दको निधन भएको छ । केही हप्ता अगाडी घरमा लडेर टाउकोमा चोट लागेपछि उहाँलाई बुटवलस्थित चौराह अस्पताल भर्ना गरिएको थियो । 

उहाँको उपचार गरेर घर आरामका लागी लगिएको थियो । घरमै औषधी सेवन गरी आराम गरिरहनु भएकी आशिकादेवी चन्दको शनिबार कपिलवस्तुको शिवगढीस्थित आफ्नै निवासमा निधन भएको डा.प्रकाश चन्दले बताउनुभएको छ ।टाउको गम्भीर चोट लागेर रगत जमेपछि बयोबृद्ध उमेरका कार(ा अप्रेसन गर्न नमिलेपछि घरमा लगिएको थियो । उहाँको परिवार, आफन्तजन र पार्टीको सल्लाहमा उहाँको अन्येष्टि गरिने नेकपा केन्द्रीय सदस्य एवं कपिलवस्तु जिल्ला इन्चार्ज जुझारुले बताउनुभएको छ । उहाँ ९६ बर्ष उमेरको हुनुहुन्थ्यो ।

आमा आशिकादेवीको ३ छोराहरु विप्लव सी, वीरजंग सी र जयन्द्र सी हुन् । जेठो छोरा वीरजंगको गतबर्ष निधन भइसकेको छ । आमा आशिकादेवीको निधनपश्चात सामाजिक सञ्जालमा उहाँप्रति श्रद्धाञ्जली व्यक्त गरिएको छ भने महासचिव विप्लवलगायत परिवारजनमा गहिरो समवेदना व्यक्त गरिएको छ । अर्घाखाँचीबुलेटिन परिवार आदरणीय आमा आशिकादेवी चन्दप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ र आदरणीय महासचिव विप्लवलगायत शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछ।

प्रतिक्रिया दिनुहोस्