राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीका पूर्व अध्यक्ष पन्थ सम्मानित

| २०७९ पौष ३ गते ०१: ४३ मा प्रकाशित

गुल्मी।राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीका पूर्व अध्यक्ष जनक पन्थ सम्मानित भएका छन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीको सातौं जिल्ला अधिवेशनको अबसरमा उत्कृट कार्याकाल अन्तर्गत श्रष्टा सम्मानद्धारा सम्मानित भएका हुन् ।

पन्थ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीका निर्वतनमान अध्यक्ष समेत हुन् । पन्थलाई राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रिय अध्यक्ष रमेश बिजी, प्रतिष्ठान गुल्मीका अध्यक्ष बसन्त खत्री लगायतले दोसल्ला सम्मान पत्रले सम्मान गरेका थिए ।

पन्थले आफनो कार्यकालमा संस्थालाई उच्च स्थानमा पुराउन सफल भएका थिए । प्रतिष्ठान गुल्मीमा रहेर पन्थले संस्थालाई सामाजिक क्षेत्रमा पनि क्रियाशिल बनाउन सफल भएका थिए ।

प्रतिक्रिया दिनुहोस्