भीरबाट लडेर गुल्मीमा एक महिलाको मृ'त्यु

| २०७९ पौष १९ गते २०: ३९ मा प्रकाशित

गोकर्ण पाण्डे,गुल्मी । भीरबाट लडेर गुल्मीमा एक महिलाको मृत्युु भएको छ । जिल्लाकाे धुर्काेट गाउँपालिका वडा नम्बर २ की ५२ बर्षिया शिवकला खनालकाे मृत्युु भएको हाे। 

मंगलबार दिउँसो घर नजिकै घाँस काट्न गएकी उनी भीरबाट लडेर घाइते भएकी थिन घाइते खनाललाई स्थानीयले देखेर उद्वार गरेकाे केही समयमै उनकाे ज्यान गएको जिल्ला  प्रहरी कार्यालय गुल्मीले  जनाएको छ । 

खनाल भीरबाट करिब दुई सय मिटर तल झरेकी थिइन् । शवलाई अहिले पाेष्ट मार्टमकाे लागि गुल्मी अस्पताल ल्याइएको छ।

प्रतिक्रिया दिनुहोस्