ग्यास सिलण्डर विष्फोट हुँदा घाइते भएकी नेपाली कांग्रेसका नेता तथा सांसद डा चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ।
बुधबार राती काठमाडौंको बुद्धनगरस्थित घरमा ग्यास सिलिण्डर विष्फोट हुँदा घाइते भएकी भण्डारीको कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा बिहीबार बिहान निधन भएको हो।
अस्पतालका कार्यकारी निर्देशक डा.निजिना ताम्राकारले हरिकला भण्डारीको निधन भएको पुष्टि गरिन्।
कांग्रेस नेता भण्डारीको सोही अस्पतालमा उपचार भइरहेको छ। थप उपचारका लागि उनीहरूलाई भारत लैजान अस्पतालले सिफारिस गरेको थियो।
हिजो साँझ खाना पकाउने क्रममा ग्यास सिलिण्डर विष्फोट हुँदा आमा छोरा जलेर घाइते भएका थिए।
प्रतिक्रिया दिनुहोस्