राष्ट्रिय लाेकदाेहाेरी गितकाे केन्द्रीय सदस्यमा कुशल बेल्वासेकाे उम्मेदवारी

| २०७९ फागुन १० गते २१: ५६ मा प्रकाशित

अर्घाखाँची, झनक केसि। 
१० फाल्गुन- राष्ट्रिय लाेक तथा दाेहाेरी गायक कुशल बेल्वासेले राष्ट्रिय लाेक तथा दाेहाेरी गित प्रतिष्ठान नेपालकाे केन्द्रीय खुला सदस्यमा उम्मेदवारी दिने भएका छन्।

अर्घाखाँची जिल्लाको  पटाैटीमा जन्मिएका बेल्वासे पछिल्लो समय चर्चामा छन् । फागुन १२ गतेदेखि १४ गतेसम्म धादिङमा हुने ८औ  अधिवेशनमा बेल्वासेले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका हुन ।

बेल्वासे नेपालका अधिकांश जिल्लामा पुगेका कलाकार हुन। हातैका पाैजाले, सनिसार लगाएतका दर्जनौं गित निकालेका छन् । राष्ट्रिय लाेक तथा दाेहाेरी गित प्रतिष्ठानकाे केन्द्रीय सदस्यमा विजयी बनाउँन बेल्वासे प्रतिनिधिसँग आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्