ख्यातिप्राप्त कलकार गायक, एवं मोडल प्रकाश सपूत सांस्कृतिक कार्यक्रम को लागि पोहिलो पल्ट दिल्ली जाने भएका छन

| २०७९ चैत २० गते ०३: १३ मा प्रकाशित

अर्जुन थापा अर्घाखाँचीबुलेटिन - भारतको राजधानी नयाँ दिल्लीमा विभिन्न समयमा विभिन्न संघ सस्थाद्वारा कुनै न कुनै कार्यक्रम आयोजना गरेता पनि गत केही बर्षा देखि बिस्व भरी फैलिएको नोवेल कोरोना भाइरस को महामारी का कारण कुनै पनि कार्यक्रम हुन सकेका थिएनन् यद्यपि केही समय संगै विभिन्न सांस्कृतिक कार्यक्रम बिच बिच मा हुँदै आएका छ्न यहि आउदो आइतबार ९ अप्रिल, अर्थात विक्रम संवत् २०८० सालको शुभकामना आदान-प्रदान सहित प्रवासी नेपाली प्रेरणा समिती ले आफ्नो ११औ नयाँ कोसेली सहित सांस्कृतिक महोत्सवको आयोजाना गरेको छ ।


भाषा सांस्कृती र परम्परा को समान , बेसाहरा बेवसहरु लाई मुस्कान ,नेपाल भारत बिच को सम्बन्धलाई बलियो बनाउने उदेश्य सहित उक्त कार्यक्रम गर्न लागेको संस्था का प्रतिनिधि बिष्णु प्रसाद पाण्डे ले बताउनु भयो । प्रदेश मा धेरै दुखी पीडित क्यान्सर रोगि,दृष्टिहिन लगायत का बिमारी हरु लाई समेत बिगत मा सयोग गर्दै आएको र आगामी दिन मा पनि सयोग गर्ने हेतुले कार्यक्रम आयोजना गरेको संस्था का प्रतिनिधि हरु को भनाइ छ ।


भारत प्रवाशमा मा धेरै नेपाली हरु को कर्मथलो भएकाले बिच बिच मा धेरै कार्यक्रम पनि हुने र संस्थाहरु पनि एक आपस मा प्रतिस्पर्धा हुने गरि जुध्न जाने भएकाले आफू हरु ले नयाँ साल लाई मध्यनजर गरि उक्त कार्यक्रम आयोजाना गर्न लागेको बताउनु भयो।


कार्यक्रम मा नेपालबाट ख्यातिप्राप्त कलाकार गायक,एवं मोडल प्रकाश सपुत, गायिका हरि कला सुनार , गुलमेली जमुना प्रदेश मा पनि कला संस्कृत लाई निकै मया गर्ने मोडल प्रकाश शर्मा ,रोनिक गायक गोबिन्द पौडेल ,हरि पाण्डे ,रामगतराज, खुमन,मोडलहरु सरु केसि , जमुना केसि, तेस्तै बालकलकार हरु सृष्टि अधिकारी, निरमला पुन, लगायत धेरै इस्थानिया कलाकारहरुको पनि बिजोड प्रस्तुति हुने आयोजक ले जानकारी दिएको छ। साथ मा उदघोषक गोविन्द पोखरेलको रहने छ ।

 


कार्यक्रम मा सम्पुर्ण नेपालीभाषी दाजु भाइ, दिदी बैनी, बुद्धि जिबि, पत्रकार विद्यार्थी सबै कार्यक्रम मा उपस्थित भई सोभा बडाइ दिनुहुन आयोजक ले अनुरोध गरेको छ । कार्यक्रम हुने स्थान अमरदेव मौदान, रामलिला मैदान , डेरावाला बिनायक हस्पिटल ,माडल टाउन मेट्रो स्टेशन दिल्ली

 
 

प्रतिक्रिया दिनुहोस्