नेपाल सरकारका सचिव टेकनारायण पाण्डे पक्राउ

| २०८० बैशाख २० गते १३: ५४ मा प्रकाशित

भुटानी शरणार्थीको आवरणमा भएको ठगी घटनामा उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेका हुन्। गृह मन्त्रालयको सचिवको रुपमा कार्यरत रहँदा उनले ठगी गिरोहलाई सघाएको पुष्टि भएपछि प्रहरीले पक्राउ गरेको हो। 

गृह मन्त्रालयकै आडमा एक गिरोहले नेपाली नागरिकलाई भुटानी शरणार्थीको परिचयपत्र बनाएर अमेरिका लैजाने भन्दै करिब ९०० जनालाई ठगी गरेको थियो। जसमा तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार रहेका डा.इन्द्रजित राईसहित ६ जना यसअघि पक्राउ परिसकेका छन्। ( नयॉ पत्रिका)

प्रतिक्रिया दिनुहोस्