एमालेले गर्‍यो संसद अवरोध

| २०८० जेठ १२ गते १३: ०७ मा प्रकाशित

काठमाडौं । नेकपा एमालेले संसद बैठक अवरोध गरेको छ ।

नेकपा माओवादीका सांसद राजन दाहालले  पशुपतिनाथ मन्दिरमा सुन भनेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पित्तलको जलहरी हालेको आरोप लगाएको भन्दै एमालेले संसद अवरोध गरेको हो ।

एमालेले दाहालकाे भनाइ संसदको रेकर्डबाट हटाउनुपर्ने माग राखेर संसद अवरोध गरेको हो ।

एमालेको अवरोधपछि संसद बैठक २० मिनेटका लागि स्थगित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्