समाचार

नेपालगञ्जबाट स्रोत नखुलेको डेढ करोड रुपैयाँ बरामद: ८ जना पक्राउ

२०८० फागुन २८

काठमाडौँ । प्रहरीले बाँकेको नेपालगञ्जबाट १ करोड ३० लाख ४८ हजार ७ सय नेपाली रुपैयाँ बरामद गरेको छ । त्यस्तै, १५ लाख ४० हजार भारतीय रुपैयाँ बरामद गरिएको छ । दुई दिनको अवधिमा सो रकम बरामद गरिएको बाँकेका एसपी सुवासचन्द्र बोहोराले रातोपाटीलाई बताए ।