समाचार

सामुदायिक वनमा मृग, हरिण, बँदेल, कालिजलाई व्यावसायिक पालनको अनुमति दिइने

२०८० जेठ ५

काठमाडौं । सरकारले सामुदायिक वन क्षेत्रमा निश्चित मापदण्ड र अनुगमन प्रणालीसहितको कार्यविधि अपनाई परीक्षणका रुपमा हरिण, मृग, बँदेल, कालिजजस्ता वन्यजन्तु र पन्छीको व्यावसायिक पालनको अनुमति दिने घोषणा गरेको छ ।