अर्घाखाँचीमा पहिरो : एक बालिकाको मृ'त्यु, तीन घाईते

| २०७८ भदौ १६ गते १३: २५ मा प्रकाशित

अशोक खनाल।अर्घाखाँचीमा पहिरोले घर पुरिदा एक बालिकाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

पाणिनी गाउँपालिका वडा नम्बर ७ अडगुरीमा पहिरोमा पुरिएर जीवलाल सुनारकी ९ वर्षकी छोरी झरनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

निरन्तरको वर्षापछि गएराति खसेको पहिरोले सुनारको घर पुरेको हो । पहिरोमा परेर जीवलालका छोरा र दुई जना छिमेकी घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्