अर्घाखाँचीको पाणिनीमा सत्तारुढ दल नेपाली कांग्रेसको चुनावी चहलपहल बढेयो

| २०७८ भदौ १७ गते १७: ४७ मा प्रकाशित

कमला घिमिरे ,अर्घाखाँची। सत्तारुढ दल नेपाली कांग्रेसमा चुनावी चहलपहल बढेको छ । पार्टीको आसन्न १४ औं महाधिवेशन नजिँकिएसँगै चुनावी सरगर्मी बढेको हो । कांग्रेसको केन्द्रीय निर्वाचन कार्यतालिका अनुसार भदौं १८ गते वडाको अधिवेशन हुदैछ ।

यसैबीच, अर्घाखाँचीको पाणिनी गाउँपालिका–५ मैदानमा वडा सभापतिको नेतृत्वको लागि १० जनाले उमेद्वारी दर्ता गरेका छन् । वडाको नेतृत्वमा नेत्रप्रसाद गैरे, टोपलाल गैरे, हिमालय घिमिरे, गणेश घिमिरे, रामप्रसाद घिमिरे, पार्वता घिमिरे, दीपक बेल्बासे, खिमानन्द अधिकारी, रामप्रसाद घिमिरे, शालिकराम घिमिरे भिड्ने कांग्रेस मैदानका सचिव नारायण गैरेले जानकारी दिए ।

सचिव गैरेले वडाका नेता, कार्यकर्तालाई आवश्यक प्रशिक्षण र सहजीकरण गराउने काम भइसकेको बताए । वडामा हुने अधिवेशनका लागि सहमतिमा सर्वसम्मत् नेतृत्व चयनको लागि प्रयास भइरहेको र सहमति नभएमा प्रत्यक्ष चुनावबाट चुन्ने उनको भनाई छ । उनका अनुसार मैदानमा ४५९ जना क्रियाशील सदस्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्