पाणिनी गाँउपालिका उपप्रमुख सहितका जनप्रतिनिधीहरु द्धारा एकिकृत समाजबादी बाट सनाखत

| २०७८ भदौ १८ गते १६: २७ मा प्रकाशित

अराज बेल्बासे। अर्घाखाँची पाणिनी गाँउपालिकाका उपप्रमुख लक्ष्मी गौतम सहितका जनप्रतिनिधी हरुले नेकपा एकीकृत समाजबादी पार्टी रोज्नुभएको छ । उपप्रमुख गौतम सहित शुक्रबार जिल्ला निर्वाचन कार्यालयमा गएर उहाँहरुले नेकपा एकीकृत समाजवादी पार्टीको पक्षमा सनाखत गर्नुभएको हो ।

वडा नम्बर ३ का वडा सदस्य ओम प्रकास भुसाल सन्धिखर्क नगरपालिकाका वडा सदस्य सुमित्रा मुखियाले जिल्ला निर्वाचन कार्यालयमा गएर उहाँहरुले नेकपा एकीकृत समाजवादी पार्टीको पक्षमा सनाखत गर्नुभएको हो ।

नेकपा एमाले विभाजन भएपछि अहिले को कता लाग्ने भन्ने विषयमा केन्द्रित भएको छ । तीन जनाले एकीकृत समाजबादी पार्टी रोजेपछि अब एमालेमा रहेका जिल्लाका अन्य जनप्रतिनिधि पनि केही दिनमै सनाखत गर्ने एकिकृत समाजबादीका नेताले बताए ।

प्रतिक्रिया दिनुहोस्