नेपाली कांग्रेसको चौधौं महाधिवेशनमा अर्घाखाँची जिल्लाबाट महिला खुला तर्फबाट शान्ता अर्यालको उम्मेदवारी

| २०७८ असोज १ गते २२: १४ मा प्रकाशित

नेपाली कांग्रेसको चौधौं महाधिवेशनमा अर्घाखाँची जिल्लाबाट महिला खुला तर्फको महाधिवेशन प्रतिनिधि पदका लागि  शान्ता अर्यालले  उम्मेदवारी दिएकी छिन |
 
 देशको सबै पुरानो र ठूलो राजनीतिक दल नेपाली कांग्रेसको संगठन सुदृढ गरी लोकतन्त्रको जग मजबुत बनाउन र  सबै राजनीतिक परिवर्तनको संवाहक नेपाली कांग्रेस पार्टीलाई थप मजबुद बनाई विकास र समृद्धिको अभियानमा केन्द्रित गर्दै आम नागरिकलाई वास्तविक लोकतन्त्रको अनुभूति दिलाउने उनका मुख्य नारा रहेका छन |

 नेपाली कांग्रेस पार्टीलाई विधान र जनभावना अनुरुप व्यवस्थित, चुस्त दुरुस्त, अनुसाशित र जिम्मेवार तवरले सञ्चालन गरी राज्य र नागरिकको हितमा समर्पित बनाउनका लागि साथै पार्टीका सवै भातृसंस्थाहरूसङ्ग समन्वय गर्दै नेपाली कांग्रेसको सिद्धान्त-नीति-आदर्शलाई नागरिकको घरदैलोमा पुराई नागरिकलाई सुसूचित गर्ने उनको भनाई रहेको छ |

पार्टीमा सबै किसिमका गुटबन्दीको अन्त्य गर्दै एकताको संदेश प्रवाह गर्न,
साथै सरकारी सेवामा रहँदा ट्रेड युनियनको उपाध्यक्षको पदमा रही जिम्मेवारी बहन गर्दाको ज्ञान,शिप र अनुभवलाई पार्टीको हितमा प्रयोग गर्न र जनपरिचालनका माध्यमबाट नेपाली कांग्रेसको जनाधार विस्तार गर्ने उनको प्रथम एजेन्डा रहेका छन |

आर्थिक,वसामजिक, राजनीतिक रुपमा पछाडि परेका महिला, आदिवासी जनजाति, दलितलगायत सिमान्तकृत वर्गको आवाज बुलन्द गर्दै उनीहरूलाई राज्यको मूलप्रवाहमा ल्याउने पहिलो प्राथमिकता रहेको छ |

प्रतिक्रिया दिनुहोस्