नेपाली कांग्रेसको कार्यक्रम पाणिनिमा सम्पन्न :पालीमा २९ जना कांग्रेसमा प्रबेश

| २०७८ असोज २१ गते २१: ४२ मा प्रकाशित

प्रेमनारायण आचार्य,सन्धिखर्क।
 २१ असाेज-  अर्घाखाँची जिल्लाकाे पाणिनि गाउँपालिकामा नेपाली काँग्रेसकाे सपथग्रहण कार्यक्रम सम्पन्न भएकाे छ । असाेज ९ गते निर्वाचित काँग्रेस पाणिनिका गाउँपालिका सभापति तुल्सिराम पाैडेल सहित कार्यसमितिलाई नेपाली काँग्रेसका  केन्द्रीय सदस्य बालकृष्ण पाण्डेले सपथ खुवाउनुभएकाे छ । 

कार्यक्रममा बाेल्दै प्रमुख अतिथि समेत रहेका पाण्डेले काँग्रेसकाे संगठनलाई मजवुद बनाउन सबै एकजुट भएर अगाडि बढनुपर्ने बताउनुभयाे । 

कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापति विष्णु मुस्कान, पुर्व सभापति कमल भुसाल, उपसभापति शान्ता भण्डारी, महासमिति सदस्य सुर्यप्रसाद अधिकारी, केशव श्रेष्ठ, यादव घिमिरे, क्षेत्रिय सभापति अच्युत गाैतम, महाधिवेशन प्रतिनिधि इन्द्रमणि पाैडेल, लेखनाथ पाेख्रेल, कृष्ण खनाल, पुर्व उपसभापति श्यामनाथ काश्यप, पुर्व सचिव लाेकेन्द्र विक, पुर्व सहसचिव बाबुराम पाैडेल, पुर्व काेषाध्यक्षद्वय लक्ष्मि श्रेष्ठ, हरिबहादुर खड्का, जिल्ला सदस्य प्रेमनारायण बेल्वासे, हेमन्त बेल्वासे, विष्णु क्षेत्री, सीता भुसाल, चन्द्रा गैरे, काँग्रेस पाणिनिका निवर्तमान सभापति विष्णु अर्याल, निर्वाचन समिति संयाेजक राजेन्द्र पाैडेल, महिला संघ उपसभापति जानका बन्जाडे, सचिव छमा कार्कि, दलित संघका अध्यक्ष प्रितम परियार, नेपाल निजामती कर्मचारी युनियनका पुर्व केन्द्रीय उपाध्यक्ष शान्ता अर्याल, काँग्रेस नेता वुद्वि न्याैपाने, नारायण सिंह बेल्वासे, छत्रदेव उपाध्यक्ष तुल्सादेवी  श्रेष्ठ, महिला संघ पाणिनि अध्यक्ष अम्बिका पाेख्रेल, वडा अध्यक्ष कमल पाैडेल, नेविसंघ पुर्व अध्यक्ष मेगराज पाण्डे, पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य प्रेमनारायण अाचार्य,   कलाकार खुमराज घिमिरे ,  भुपु सैनिक संघका रामबहादुर परियार, टेलर व्यवसायी संघका श्रीकृष्ण परियार लगाएतले मन्तव्य राखेका थिए । 

कार्यक्रम नेपाली काँग्रेस पाणिनिका सभापति तुल्सिराम पाैडेलकाे अध्यक्षता, सचिव प्रमाेद गाैतमकाे स्वागत र शिक्षक संघ पाणिनिका अध्यक्ष कृष्ण घिमिरेकाे सञ्चालनमा सम्पन्न भएको हाे ।

त्यस्तै पाणिनि गाउपालिका वडा नम्बर  ८ पालीमा  नेकपा एमाले र  माओवादी परित्याग गरि स्थानिय नेताकार्यकर्ताहरु  २९ जना नेपाली कांग्रेसमा एक समारोहबीच प्रबेश गरेका छन । 

प्रवेश कार्यक्रममा नेपाली काङ्ग्रेसका जिल्ला सभापति बिस्नु प्रसाद खनाल मुस्कान, नेपाली काङ्ग्रेसका पुर्व जिल्ला सभापति कमल प्रसाद भुसाल, उपसभापति शान्ता भण्डारी, सहसचिव ईन्सु मिया,  नेपाली काङ्ग्रेस महासमितिका सदस्य केसब श्रेष्ठ,  क्षेत्रीय सभापति अच्युत गौतम, महाधिवेशन प्रतिनिधि ईन्द्रमणि पौडेल लगाएतले पार्टी प्रवेश गराउनु भएकाे हाे । 

कार्यक्रम नेपाली काँग्रेस पालिका उपसभापति मधु पाैडेलकाे अध्यक्षता, क्षेत्रिय प्रतिनिधि चिरञ्जीवी पाैडेलकाे स्वागत, सचिव खबर अलिकाे सञ्चालनमा सम्पन्न भएकाे हाे ।

प्रतिक्रिया दिनुहोस्