नेकपाको स्वरुपमा एकबद्ध पार्टी एमाले : नेता टोपबहादुर रायमाझी

| २०७८ असोज २४ गते २२: ४३ मा प्रकाशित

माधव बेल्बासे ,अर्घाखाँची । नेकपा एमाले स्थायी कमिटि सदस्य तथा पुर्व उपप्रधानमन्त्री टोप बहादुर रायमाझीले अहिलेको एमाले नेकपाको स्वरुप भएको बताएका छन् । पाणिनि गाँउपालिका अर्घाखाँचीको एक कायक्रममा बोल्ने क्रममा उनले यस्तो बताएका हुन ।

राष्ट्रीय युवासंघ  नेपाल पाणिनि गाँउपालिका कमिटि अर्घाखााँचीको आयोजनामा दुर्गाफाटमा आयोजित भलिवल प्रतियोगिताको उध्घाटन समारोहमा बोल्दै प्रमुख अथिति रायमाझीले एमालेले मात्रै देशको आवस्यकता र संवृद्धिका लागि काम गर्ने हैसियत राख्ने बताएका छन् । प्रचन्ड र माधव नेपाल प्रति आक्रामक देखिएका उनले कम्युष्ट आन्दोलन तुहाउन आफ्नो वर्ग शत्रुसँग तालमेल गरि पार्टि एकता तोड्नु उनिहरुको भुल भएको बताएका थिए ।

कार्यक्रममा बोल्दै एमाले केन्द्रिय सदस्य तथा पुर्व राष्ट्रिय सभा सदस्य चन्द्र बहादुर खड्का उज्ज्वलले पदका निम्ति आन्दोलन विर्सजन गरेर एकता भंग गर्नूले आम कार्यकर्ता र युवापंत्ति राजनितिमा गलत अभ्यास भएको ठान्नु गलत नभएको बताएका थिए ।

नेकपा स्थापित हुन नसक्दा अधिकांशले एमालेमा रहन खोज्नु स्वभाविक भएको भन्दै युवाहरुको रोजाई र क्रान्तिको बाँकि कार्यभारको जिम्मा पनि यहि पार्टिले पुरा गर्नेमा आफु विश्वस्त रहेको बताएका थिए ।

यस्तै एमाले नेता तथा लुम्विनी प्रदेश सभाका सभासद राम्जि प्रसाद घिमिले युवासँघ नेपाल एमालेको भातृ संगठन मात्र नभएर देशका हरेक आन्दोलनको नेतृत्वकर्ता भएको बताएका थिए , खेल लगायतका सिर्जनशिल गतिविधिमा सक्रिय भुमिका निभाउन विशुद्ध युवा जोस नै आवस्यक हुने भन्दै खेलका माध्यमबाट स्वस्थता सँगै उत्पादनशिलतामा वृद्धि गर्नुपर्ने बताएका थिए ।

राष्ट्रीय युवासंघ पाणिनि गाँउपालिका कमिटि अर्घाखााँचीको आयोजनामा आजदेखि वडा स्तरिय खुल्ला भलिवल प्रतियोगिता शुरु भएको छ ।

आज भएको उध्घाटन खेलमा पाणिनि २ पोखराथोकले छत्रदेब १ चिदिका अर्घाखाँचीलाई २(० को सोझो सेटमा पराजित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्