क्यान्सर पीडित युवाको जीवन रक्षाको लागी अपिल

| २०७८ कार्तिक २ गते १२: १९ मा प्रकाशित

हरि कुँवर , अर्घाखाँची ।अर्घाखाँची जिल्ला पाणिनी गाउँपालिका वडा नं. ८ पालीका विष्णु लम्साल लाई  क्यानसर हुँदा उपचारको लागि परिवारले सहयोगको लागी अपिल गरेको छ । 

पीडित विष्णु भारतको राजिव गान्धी अस्पतालमा उपचाररत छन । आन्द्रामा क्यानसर देखिएको करीव ७ महिनाअघि खर्च निकै भएको कारण अहिले आर्थिक अवस्था कम्जोर भइ थप समस्या आइपरेको लोक गायक बसन्त लम्सालले बताए । 

विरामीका भाई तथा लोक गायक बसन्त लम्सालले भने  “हाम्रो आर्थिक अवस्था कम्जोर भयो । इस्टमित्र दाजु भाइ संघ संस्था सम्पुर्ण प्रति माइलो दाजुको जीवन रक्षाको लागि सहयोगको अपिल गर्दछु ।”

सम्पर्क :-

लोक तथा दोहोरी  गायक वसन्त लम्साल 
९८५७०५४१०९  
भारतको लागि सम्पर्क
 बिष्णु लम्साल 
+९१-९८७०५९४८३२ 
शंकर लम्साल 
 +९१-९९६८०३३११८

प्रतिक्रिया दिनुहोस्