नेपाल कम्युनिस्ट पार्टी एमालेको प्रथम वडा अधिवेशन सम्पन्न : अध्यक्षमा इन्द्रमणि घिमिरे सर्वसम्मत चयन

| २०७८ कार्तिक ६ गते २२: ३४ मा प्रकाशित

कमला घिमिरे। अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नम्बर ५ मा नेपाल कम्युनिस्ट पार्टी एमालेको प्रथम वडा अधिवेशन सम्पन्न भएको छ।

इन्द्रमणि घिमिरे अध्यक्षता र प्रमुख अतिथि रामजी प्रसाद घिमिरेको आथित्यमा प्रथम वडा अधिवेशन कार्यक्रम सम्पन्न भएको हो।

उक्त कार्यक्रम दुई सय जना भन्दा धेरै एमालेका कार्यकर्ताहरुको उपस्तिथि रहेको थियोे ।

प्रथम वडा अधिवेशनले ३१ सदस्य सहित गठन गरेको हो,अध्यक्षमा इन्द्रमणि घिमिरे ,उपाध्यक्ष थानेश्वर घिमिरे ,सचीव खगिश्वर घिमिरे 
सह सचिव लिलापती न्यौपाने  बालकुमारी राना चुनिएका छन्। 

प्रतिक्रिया दिनुहोस्