अर्घाखाँचीमा १ सय ६४ जना कांग्रेसमा प्रवेश

| २०७८ कार्तिक ६ गते २३: ०५ मा प्रकाशित

प्रेमनारायण आचार्य,पाणिनि। अर्घाखाँचीको पाणिनि गाउँपालिकामा नेकपा एमाले र नेकपा माओवादी परित्याग गरी १ सय ६४ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। नेपाली कांग्रेसका क्षेत्रीय सभापति अच्युत गौतमको पहलमा पाणिनि ३ खिदम लगायतका विभिन्न वडाबाट विभिन्न पार्टी परित्याग गरी दुर्गाफाँटमा भएको कार्यक्रममा नेपाली कांग्रेसमा प्रवेश गरेका हुन्।
  
कांग्रेसमा प्रवेश गरेका १ सय ६४ जनालाई कांग्रेसका केन्द्रीय सदस्य पुस्पा भुसाल, जिल्ला सभापति विष्णुप्रसाद खनाल (मुस्कान), पूर्व जिल्ला सभापति कमलप्रसाद भुसालले अबिर, माला र कांग्रेसको सदस्यता प्रदान गरेर पार्टी प्रवेश गराएका हुन्।

कार्यक्रममा नेपाली कांग्रेस जिल्ला उपसभापति शान्ता भण्डारी, सचिव विष्णुप्रसाद भुसाल, सहसचिव इन्सु मिया, महासमिति सदस्य सूर्यप्रसाद अधिकारी,  यादवप्रसाद घिमिरे, केशव श्रेष्ठ, महाधिवेशन प्रतिनिधि इन्द्रमणि पौडेल, लेखनाथ पोख्रेल, कृष्णप्रसाद खनाल, पाणिनि सभापति तुल्सी पौडेल लगायत कार्यक्रममा नेपाली कांग्रेस जिल्ला कार्य समिति, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, क्षेत्रीय प्रतिनिधि, कांग्रेस भातृ तथा शुभेच्छुक संस्था प्रमुख, प्रतिनिधि लगायत सरोकारवालाको उपस्थिति रहेको थियो।

कार्यक्रम कांग्रेस खिदिमका सभापति हरि बन्जाडेको सभापति र शेसकान्त पोख्रेलको सञ्चालनमा सुरु भएको हो। 

 

प्रतिक्रिया दिनुहोस्