कमला घिमिरे ,अर्घाखाँची। अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नम्बर - ५ अन्तर्गत सालझन्डी ,सन्धिखर्क ढोरपाटन सडकमा पार्क गरेर राखेको बसमा आगजनी गरिएको छ।
गयराती करिब २ :४५ बजेको समयमा पाणिनी गाउँपालिका वडा नम्बर ५ अन्तर्गत सालझन्डी - सन्धिखर्क ढोरपाटन सडक खण्डको बोहखरमा रोकेर राखिएको लु.२ ख. ४२७२ नम्बरको बसमा अज्ञात ब्याक्ति द्वारा आगो लगाई पूर्ण रुपमा भौतिक क्षति पुर्याईएको छ।
उक्त बस नेपाली कांग्रेशको १४ औँ महाधिबेशनमा लुम्बिनी प्रदेश अर्घाखाँची बाट प्रदेश सदस्य पदका उमेदवार लक्ष्मण पाण्डेको रहेको बुझिएको छ। घटनामा संग्लन ब्याक्तिहरुको थप अनुसन्धान भईरहेको खबर प्राप्त भएको छ।
प्रतिक्रिया दिनुहोस्