पाणिनी गाउँपालिका वाड नं सात मा नेपाल महिला संघ वडा कार्य समिति गठन

| २०७८ फागुन ३ गते २०: ३६ मा प्रकाशित

अविजित पन्थी। नेपाली कांग्रेस पाणिनी गाउँपालिका वाड नं सात अङ्गुरीको वडा समितिको आयोजनामा नेपाल महिला संघ वडाकार्य समिति गठन पाणिनी गाउँपालिका वाड नं सात का सभापति श्री रूद्र बहादुर महत्राको सभापतित्वमा कार्यक्रम गरिएको थियो।जसमा विशिष्ट अतिथि पाणिनी गाउँपालिका उपाध्यक्ष एवं नेपाली कांग्रेसकी नेतृ लक्ष्मी गौतमको सम्बोधन रहेकाे थियाे।

 त्यसैगरी प्रमुख अतिथिमा नेपाल महिला संघ पाणिनी गाउँपालिका सभापती एवम् जिल्ला महाधिवेशन प्रतिनिधि अम्बिका पोख्रेल र नेपाली कांग्रेस जिल्ला सदस्य पाणिनी महिला संघ सचिव मधु पन्तको सम्बोधन रहेको थियोे। उक्त कार्यक्रममा अङ्गुरी गाउँकार्य समितिका सचिव जयराम घिमिरे, सल्लाहकार संयोजक सुशील खनाल को मन्तब्य रहेको थियो। गाँउकार्य समिति उपाध्यक्ष दुर्गा पौडेलको स्वागत मन्तव्य तथा नवगठित सभापती संगीता परियार र उपसभापति मिना आचार्यको प्रतिनिधित्व मा ३१सदस्य नेपाल महिला संघ गठन गरिएको थियो। उक्त कार्यक्रम कमल घर्तीको सञ्चालनमा भएको थियो।।

प्रतिक्रिया दिनुहोस्