नेपाल तरुण दल पाणिनी गाउँपालिकाको अध्यक्षमा लक्ष्मण पाण्डे

| २०७८ फागुन २३ गते १९: ५३ मा प्रकाशित

कमला घिमिरे, अर्घाखाँची । नेपाल तरुण दल पाणिनी गाउँपालिकाको अध्यक्षमा लक्ष्मण पाण्डे निर्वाचित भएका छन । 

गाउँपालिकाको दुर्गाफाटमा भएको बृहत तरुण कार्यकर्ता भेला तथा पुर्नगठन कार्यक्रमले पाण्डेलाई अध्यक्षमा निर्वाचित गरेको हो । कार्यक्रममा पाण्डेको अध्यक्षतामा ४९ सदस्यीय पालिका स्तरीय तरुण दलको समिति गठन गरीएको हो । 

कार्यक्रममा निर्वाचनलाई केन्द्रित गरेर युवा परिचालन समिति समेत गठन गरीएको छ । पाण्डे कै संयोजकत्वमा निर्वाचन लक्षित २५० सदस्यीय युवा परिचालन समितिको गठन गरीएको छ । सरकारले निर्वाचनको मिति घोषणा गरे संगै निर्वाचनको तयारीको लागि युवा परिचालन समिति गठन गरीएको अध्यक्ष लक्ष्मण पाण्डेले बताए । 

कार्यक्रममा नेपालि कांग्रेसका जिल्ला सचिव एवं पाणिनी गाउँपालिका अध्यक्ष अच्युत गौतम, पाणिनी गाउँपालिका उपाध्यक्ष लक्ष्मि गौतम, नेपाल तरुण दल अर्घाखाँचीका अध्यक्ष नारायण खड्का, क्षेत्र नं २ ख का उपसभापति अर्जुन पोख्रेल, नेबि संघ जिल्ला अध्यक्ष भरतमणि भट्टराई, नेबि संघ पाणिनी अध्यक्ष हिरामणि घिमिरे लगायत तरुया दलका बिभिन्न तहतप्काका नेताहरुको उपस्थिती एवं मन्तब्य राखेका थिए । 

तरुण दल पाणिनी गाउपालिका अध्यक्ष लक्ष्मण पाण्डेको सभापतित्व, नेपाल तरुण दल अर्घाखाँचीका अध्यक्ष नारायण खड्काकाे प्रमुख अतिथ्यता, उपसभापति खगेश्वर पौडेलको स्वागत मन्तब्य एवं नेपाली कांग्रेस पाणिनी गाउपालिका वडा नं ४ का वडा सचिव कृष्ण प्रसाद गैरे को सचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्