एउटै पदमा दोहारिने नेता र एउटै कक्षामा दोहारिने विद्यार्थी दुवै फेल हुन् : पोखरेल

| २०७९ बैशाख ८ गते २१: ०८ मा प्रकाशित

अर्घाखाँची। नेविसंघको राजनीतिबाट राखिएर पार्टी राजनीतिमा उदीयमान नेता हुन् लेखनाथ पोखरेल । अर्घाखाँचीको छत्रदेवमा जन्मिएका पोखरेल नेपाली कांग्रेसका इमानदार नेता र स्पष्ट वक्ताको रुपमा चिनिन्छन् । राजनीतिमा सुशासन र पारदर्शीताको वकालत गर्ने उनी कर्तव्य निष्ठ र स्वच्छ छविको नेता भनेर चिनिन्छन् । वीपी महामानव वीपी कोइरालाको समाजवाद नीतिबाट प्रभावित पोखरेल समावेसी र समानताको भावनाले ओतप्रोत छन् । विद्यार्थी राजनीतिमा पनि उनी त्यत्तिकै सजग र सफल पोखरेल ‘सादा जीवन उच्च विचार’ नै सफलताको कडी ठान्दछन् । उनै पोखरेलसँग स्थानीय निर्वाचनसँग केन्द्रित रहेर कालिका महतले गरेको कुराकानीको सम्पादित अंश :

पाँच वर्षे कार्यकालमा के/कस्ता उपलब्धीमूलक काम गर्नुभयो ?

स्थानीय तहमा जब हामी एकात्मक राज्य प्रणालीबाट संघीयतामा गयौं । संघीयतामा गइसकेपछि सिंहदरबारको अधिकार गाउँघरमा पु¥याउने भनेर संविधानले व्यवस्था ग-यो । स्थानीय सशान सञ्चालन ऐन २०७४ ले त्यस्तो खालको व्यवस्था ग-यो । त्यो अधिकार प्राप्त भइसकेपछि जनप्रतिनिधिहरु कत्तिको काबिल भएर काम गर्न सक्छन् भन्ने प्रमाण स्वरुप हामीले काम गरेर देखायौं । विगत पाँच वर्षमा हाम्रो घोषणपत्रले जे कुरा गर्ने भनेको थियो । त्यसअनुसार काम गरेर आज छत्रदेव नमुना गाउँपालिका बन्न सफल भएको छ । त्यसकारण मेरो पाँच वर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न भयो भन्न चाहन्छु । उपलब्ध साधन, स्रोत, परिस्थितिजन्य चुनौति र समय अनुसार हामीले चिताएको काम परिपूर्ति भएको छ । यस अवधिमा म गौरवका साथ भन्न सक्छु धेरै उपलब्धीमुलक काम भएको हो ।

धेरै जनप्रतिनिधिहरुले हामीले आँटेका काम पुरा भएनन् फेरि दोहो(याउनु प(यो भनेका छन् तपाईं के गर्नुहुन्छ र ?

हाम्रो घोषणापत्रमा उल्लेख सबै काम हामीले परिपूर्ति गरिसकेका छांै । त्यसमेसोमा देशभरिकै नमुना काम पनि गरेर देखाइसकेका छौं । कुनै पनि व्यक्ति एउटै कक्षामा दुईपटक पढिरहन्छ भने ऊ अयोग्य छ भन्ने प्रमाणित हुन्छ । त्यसैले एउटै कक्षामा दोहोरिरहने होइन त्यो कक्षा पास गरेर माथि जाने कक्षामा जाने हो । सकिन्छ माथिल्लोमा जाने सकिँदैन भने बरु ब्याक लागेछ भने पनि माथि जाने हो । फेरि एउटै क्लासमा दोहोरिन्छ भने फेल भएर मात्रै बस्ने हो । त्यसैले कक्षा दोहो¥याउने पक्षमा म चाहीं छैन ।

यो पाँच वर्षे कार्यकालमा हामीले जे÷जति ग¥यौं । यसबीचमा हामी सामुपनि विश्वलाई आक्रन्त बनाउने कोभिडको चुनौतिको सामना गर्नुप¥यो । त्यो माहामारीले हामीलाई चुनौति र अवसर दुवै दियो । त्यसले हाम्रो क्षमता प्रदर्शन गर्ने अवर पनि ल्यायो । त्यसकारण स्वास्थ, शिक्षा, खानेपानी, बाटोघाटो, भौतिकपूर्वाधार लगायत सबै क्षेत्रमा उल्लेखनीय रुपमा विगत वर्षमा हुननसकेका र आगामी वर्षमा हुननसक्ने धेरै काम हामीले ग-यौं ।

उपलब्ध साधन, स्रोतले भ्याएसम्मका काम तोकिएको अवधिमा हाम्रो बलबुताले सकेको गरेका छौं । त्यसबीचमा कुसलतापूर्वक कार्यसम्पादन गरेकाले अब दोहोरिने होइन । एउटा खालको संस्थागत मेम्मरी पनि बनिसक्यो । आगामी दिनमा कार्यसम्पादन गर्नका लागि एउटा मार्ग प्रशस्त पनि गरिसकिएको छ । ‘वेय आउट’ को वातावरण पनि हामीले देखाइसकेका छौं । अब आउने जनप्रतिनिधिलाई मार्गप्रशस्त गर्ने गरी हामीले काम गरेका छौं । त्यो आधारमा पुरानाले दोहोरिने होइन राम्रा कामहरुलाई टेकेर नयाँ आउने जनप्रतिनिधिहरुलाई मार्ग प्रशस्त गर्नुपर्छ भन्ने धेयका साथ तपाईंको मिडियामार्फत दृढता प्रकट गर्न चाहन्छु।

त्यसोभए तपाईंको राजनीतिक यात्रा माथिल्लो खुट्किलोतर्फ तय गर्दै हुनुहुन्छ हो र ?

हिजो म पार्टीबाट चुनाव लड्दै गर्दा हामी ११ जना आकांक्षीहरु थियौं । त्यसमा मैले पार्टीबाट टिकट पाएँ । अरु १० जनाले पाउनुभएन । ती साथीहरु पनि आकांक्षी हुनुहुन्छ । सँगसँगै मसँगै वडा अध्यक्ष भएका साथीहरु पनि फेरि गाउँपालिकाको अध्यक्षको आकांक्षी हुनुहुन्छ । सधैं लेखनाथलाई भन्दा पनि लेखनाथले मार्गप्रशस्त गरियो अब हामीहरु मिल्नुपर्छ भन्ने वातावरण सिर्जना गर्ने कुरा हामी नेतृत्वमा मान्छे त्यो भूमिका निर्वाह गर्नुपर्छ ।

त्यसको लागि उहाँहरुलाई मार्गप्रशस्त गर्ने र आउने साथीहरुलाई त्यहीं ढंगबाट आउँदा दिनमा यो गाउँपालिकालाई कसरी चलाउनुपर्छ । हाम्रा ऐन कानून व्यवस्थित गर्ने कुरामा उहँँहरुलाई सल्लाह, सुझाव दिएर व्यवस्थित गर्नुपर्छ । हिजो आउँदा एउटा कार्यालय भवन थिएन । अहिले आठवटा वडा कार्यालयमा आरसीटी भवन तयार गरेका छौं । बाटो कालोपत्रे गरियो । सबैघरमा खानेपानी पु¥याउने अभियान अगाडि बढ्यो ।

शिक्षामा सुधार गरेर ल्यायौं । व्यवसायिक तथा प्राविधिक शिक्षालाई अगाडि बढायौं । हामीसँग भएको स्वास्थ्यलाई व्यवस्थित मात्रै होइन स्तरोन्नति ग¥यौं । त्यसैगरी छत्रदेव गाउँपालिकाको भवन कर्मचारीलाई आवास व्यवस्थासहितको ९ करोड बराबारको बिल्डिङ तयार गरिसकेका छौं । यसरी सबै काम गरिसकेपछि नयाँ आउने साथीलाई मार्ग प्रशस्त गर्न तयार छु । राजनीतिमा एउटै मान्छे सधैं एकै ठाउँमा अल्झिइरहने कुरा राम्रो होइन । राम्रो काम गर्दागर्दै अर्को ठाउँमा जानुपर्छ । एकै ठाउँमा बसिरहन खोज्नुभनेको अरु नेतृत्व विकास गर्न नसकेको अनुभूति हुन्छ । काम गर्ने व्यक्तिलाई पाँच वर्षको अवधि मसाध्यै लामो हो ।

यो पाँच वर्षमा तपाईंले विवाधरहित ढंगले काम गर्नुभयो हो र ?

मेरो कार्यकालको पाँच वर्षे कार्यकाल एकदमै सफलतापूर्वक सम्पन्न भएको छ । कुनै पनि निर्णय गर्दा कतै विवाद छैन । मेरो कार्यसम्पादनमा कुनै दिन असन्तुष्टि भएको, विवाद भएको अवस्था रहेन । हामीले कम्तिमा १६ वटा गाउँसभा सम्पन्न ग¥यौं । ती सबै गाउँसभाहरु कुसलतापूर्वक निर्वाह ग¥यौं । विकास निर्माणका कुनै पनि काममा विवाद भएन । अब के का लागि हामी दोहोरिने त रु दोहोरिनका पछाडि के अर्थ छ रु कि त्यहाँ छुट्टै लाभ हुनुप¥यो । यी कुनै कुराको लोभ नभएपछि किन बस्ने । त्यसकारण अरुलाई बाटो खुल्ला गरेर हामी त्यहाँबाट अन्त फड्को मार्नुपर्छ भन्ने उद्देश्यकासाथ मैले नदोहोरिने प्रण गरेको छु ।

विवादरहित ढंगले यहाँसम्म आइपुग्नलाई केरकस्ता चुनौतिको सामना गर्नुप-यो र ?


निर्वाचित भएर यहाँ आइपुग्दा हामीसँग एकथान नेपालको संविधान २०७२ थियो । अर्को एकथान स्थानीय सरकार सञ्चालन ऐन २०७४ थियो । त्यसपछि सबै स्थानीय तहले करिब सय संख्यामा स्थानीय राजपत्र प्रकाशित गरेर कानुन बनयौं । कानुन बनाउने भनेको त्यसभित्र आपूmलाई बाध्ने हो । स्थानीय सरकार भइसकेपछि त्यसको अनुभूति जनतालाई हुने गरी हामीले काम गर्नुपर्छ । नारामा सिंहदरबारको अधिकार गाउँमा आयो भन्ने तर जनताको लागि सिंह मात्रै आयो अधिकार आएन भन्ने थियो । त्यसलाई चिरेर जनताले अनुभूति गर्ने गरी हामीले काम ग-यौं ।

जनप्रतिनिधिहरु सुविधाभोगी भए, गाडी चढे, ठेक्कापट्टा लागे भन्ने आरोपहरु थिए, त्यो आरोप तपाईंलाई लागेन र ?

तपाईं यस्तो गाउँपालिका अध्यक्षसँग कुरा गर्दै हुनुहुन्छ । जसले आफ्नो लागि कहिल्यै गाडी किनेन । पाँचवटा पुरानो गाडी ल्याएर तीनवटालाई एम्बुलेन्स बनाउने काम गरियो । दुई पुराना गाडीलाई मर्मत गरेर हामी चढ्यौं । त्यसैगरी जिल्लामा रहेको महिला विकासका सबै सामानहरु ल्याएर त्यसबाट खरिद कम गराउने, भौतिक पूर्वाधार क्षेत्रमा र अन्य विकास निर्माणका कामलाई अगाडि बढाउने गरी कार्यसम्पादन ग-यौं ।

यिनै उदाहरणका साथ नेपालका स्थानीय जनप्रतिनिधिहरुले काम गर्ने हो भने मूर्त रुप दिन सकिन्न भन्ने प्रमाणको रुपमा छत्रदेव गाउँपालिकालाई उभ्याउन सक्यौं भन्ने मलाई लाग्छ । आगामी दिनमा आउने जनप्रतिनिधिहरुले पनि जनताका इच्छा, आकांशलाई अगाडि बढाउने गरी आउने नेतृत्व अगाडि बढ्छ । यसबीचमा म गाउँपालिका महासंघमा पनि रहेँ । त्यस सिलसिलामा देशभर जाने मौका मिल्यो । अन्य गाउँपालिकाहरुले कसरी काम गरेका छन् भन्ने कुरा पनि नजिकबाट नियाल्ने मौका पाइयो ।

त्यसकारण राम्रो काम गरेर आइसकेका मान्छेहरु फेरि दोहोरिनु हुन्न भन्ने मेरो धेय हो । मैले नदोहोरिने भनिरहँदा समस्या पनि भएको छ । म जुन पार्टीबाट चुनाव लडेँ । त्यो पार्टीका ८ वटा वडाका वडा सभापतिहरुले तपाईंले छोड्नु हुँदैन भन्नु भएको छ । आज पनि म त्यो छलफलमा थिएँ । कतिपय वडा अध्यक्षहरुले तपाईं लड्नुहुन्न भने हामी पनि चुनाव लड्दैनौं भन्ने एकखालको हाइहाइ पनि छ । त्यसैले पद छोड्दा मगमग बसाएको बेलामा छोड्नुपर्छ । गनाएर, सडेर, कुहिएर छोड्नुहुँदैन । त्यसैले म गाउँपालिका अध्यक्ष दोहो¥याउँदिन ।

मैले सकेँ, पार्टीले टिकट दियो भने म संघीय सांसद लड्छु । सकिएन भने जागिर जस्तो सेवा टुट्ने होइन । राजनीतिमा कहिले पद हुन्छ कहिले हुँदैन । कतिपय दोहोरिरहने संघीय सांसदको हालत पनि मैले देखेको छु । गाउँपालिकामा बसेर मैले धेरै कुरा सिक्ने मौका पाएँ । हिजो हामीलाई काठमाडौंमा बस्ने अनि स्थानीय राजनीति गर्ने त्यस्ताले काम गर्न सक्दैनन् भन्ने आरोप पनि थियो । त्यसलाई चिरेर मैले काम गरेँ । जिम्मेवारी दिएपछि स्थानीय स्तरमा आएर पनि सफलतापूर्वक काम गर्ने रहेछन् भन्ने आधार पनि मैले दिएँ ।

तपाईं संघीय सांसद हुनुभयो भने स्थानीय तहमा कस्ता योजनाहरु ल्याउनुहुन्छ र ?


यदि संघीय सांसद भएँ भने स्थानीय तहका सुविधाहरु कटौति नहुने गरी भूमिका खेल्ने छु । यस अघिको संघीय सरकारले कानुन बनाउन सकेन । प्रदेश सरकारले समन्वय गर्न सकेन । स्थानीय तहलाई बजेट विनियोजन गर्दा समानिकरण बजेट विनियोजन गर्ने ठाउँमा ससर्तका बजेट विनियोजन गर्ने जुन खालको प्रवृत्ति बन्यो । त्यसको सहजीकरणका लागि हामीले एड्भोकेसी गर्ने । संसद्मा आवाज उठाउने काम गर्ने छु । स्थानीय तहलाई बलियो बनाउन प्रदेश सरकारले के गर्ने, संघीय सरकारले के गर्ने भन्ने कुराको सहजीकरण गर्ने छु । संघीय सांसद भइरहँदा प्रदेश सरकारलाई कसरी अगाडि बढाउने र स्थानीय तहलाई कसरी बलियो बनाउने भन्ने समन्वयकारी भूमिकामा हामी रहनुपर्छ ।

तपाईंको पाँच वर्षे कार्यकालमा अविष्मरणीय क्षण बताइदिनुस् न र ?


त्यस्ता उल्लेखनीय क्षणहरु छन् । हाम्रो चुनाव असारमा भएको थियो । म चुनाव लड्दै गर्दा पानी परिरहेको थियो । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकामा धेरै निमुखा जनताहरुलाई केन्द्रमा राखेर महामानव वीपी कोइरालाले परिकल्पना गरेको कम्तिमा एउटा बास होस् भन्ने ठाउँबाट मैले राजनीति गरेको हुँ । छत्रदेवलाई नेपालको नमूना गाउँपालिका बनाउने कुरा हामीले घोषणापत्रमा लेखेका थियौं । त्यो पुरा गरेर छाडेको छु । त्यसमा खरको छानामुक्त बनाउने छौं भनेका थियौं । विद्युतीय प्रणालीमा असाध्यै समस्या थियो ।

अहिले खरको छानामुक्त गाउँपालिका भइसकेको छ । अर्को सामाजिक सुरक्षा भत्तालाई जष्ठनागरिक भत्ता भनेर दिइन्छ । त्यसलाई वडाबाटै वितरण गर्ने र साथमा उहाँको आवश्यकता अनुसार वर्षभरिको औषधिसमेत वितरण गर्ने काम गरेर नेपालको पहिलो गाउँपालिकाको रुपमा स्थापित हुन सफल भयौं । यसरी करिब एकदर्जनजति अन्य गाउँपालिकालाई पनि सिकाउने काम हामीले गरेका छौं । प्राविधिक शिक्षाको क्षेत्रमा ४० जना विद्यार्थीलाई ६० लगानी गरेर तीन वर्षे बालिविज्ञान कोर्षमा पुरै निःशुल्क पढाइरहेका छौं ।

यीलगायत भौतिक पूर्वाधारको क्षेत्रमा पनि नविन कार्य गरेर नेपालकै पहिलो गाउँपालिकाको रुपमा स्थापित हुन सफल भएका छौं । अर्को पारदर्शिताको रुपमा सून्य बेरुजु रहेको छत्रदेव गाउँपालिका हो । यसरी पारदर्शीता, भौतिक पूर्वाधार र विकास निर्माणले नेपालकै उत्कृष्ट गाउँपालिका भनेर पुरस्कृत पनि भएका छौं ।


यसबीचमा अविस्मरणीय कुरा के हो भने देशमा कोभिड आउँदैगर्दा त्यसलाई कुसलतापूर्वक निर्वाह गर्न सफल भयौं । त्यसबेला संघीय सरकारले चाइनाबाट स्वास्थ्य सामाग्रीहरु ल्याउँदै गर्दा अनियमितताका प्रचार पनि बढी भए । त्यस्तो अवस्थामा पनि सिटामोल पाइन ।

स्वास्थ्य सामाग्री पाइएन भन्ने अवस्था हामीले कहिल्यै गरेनौं । छत्रदेव गाउँपालिकामा रहेका जनतालाई पुग्नेगरी यहाँका लोकल टेलरहरुलाई प्रयोग गरी माक्स उत्पादन गरेर बाड्ने काम गरियो । त्यसैगरी नेपालकै उत्कृष्ट आइसोलेसनको व्यवस्था गरियो । सबै क्वारेन्टाइनमा एमबीबीएस डाक्टर राख्ने काम गरियो । त्यसबेला एकजना वडा सदस्यलाई कोभिडकै कारण गुमाउनुप¥यो । कोभिड रोकथाम र व्यवस्थापनका लागि धेरै समय लागिपर्नुभयो । अन्तिममा आपैm कोभिडकै कारण बित्नुभयो ।

पछि मलाई पनि कोभिडले सतायो । यसरी कोभिडका बेला धेरै चुनौतिपूर्ण भयो । त्यसले गर्न खोज्नेलाई धेरै कुरा सिकायो पनि । त्यसबेलाको प्रयासले अहिले स्वास्थ्य क्षेत्र धेरै व्यवस्थित भएको छ । अहिले हाम्रो गाउँपालिका स्वास्थ्य, शिक्षाको क्षेत्रमा धेरै अगाडि बढेको छ । त्यसैगरी स्थानीय पाठ्यक्रमको व्यवस्था गरेका छौं । हामीले नीति, कार्यक्रमहरु बनाउँदा हामीसँग हारेका सबैलाई बनायौं । कुनै पनि योजनातर्जुमा गर्दा सबै राखेर हामी बजेट दिन्छौं तपाईंहरु नै बसेर काम गर्नुहोस् भनेर अगाडि ल्याउने काम ग¥यौं ।

यसरी हामीले विकास निर्माणका जुसुकै काममा पनि प्रतिपक्षीलगायत सबै दलहरुलाई सार्वजनिक सुनुवाइमा सहभागी गरायौं । राजनीतिक दलसँगै, नागरिकसमाज, विकास निर्माणका क्षेत्रमा काम गर्ने व्यक्तिहरु सबैलाई सँगै हिडाउन सफल भयौं । त्यसकारण आज हामी सुशासन र पारदर्शीताको रुपमा अब्बल गाउँपालिकाको रुपमा दर्ज भएका छौं । यसरी हामी छत्रदेव गाउँपालिकाको शिर उचो राख्ने काम गरेका छौं । अब आउने जनप्रतिनिधिहरुले यसको गरिमालाई जोगाइ अझ राम्रो गर्नुहुनेछ भन्ने अपेक्षा गर्दछु ।स्रोत - अक्षरपाटि 

प्रतिक्रिया दिनुहोस्