धातिवाङ्गकाे वडा अध्यक्षका बागी उम्मेदवार शुभबहादुर सहित  समर्थक र प्रस्तावक पार्टीबाट निलम्बन

| २०७९ बैशाख १६ गते २०: २० मा प्रकाशित

अर्घाखाँची, १६ बैशाख । नेपाली काँग्रेसबाट २०७४ काे निर्वाचनमा वडा अध्यक्षमा विजयी भएका शुभबहादुर सारूले स्वतन्त्र उम्मेदवारी दिएपछि पार्टीले कार्वाही गरेकाे छ । साधारण सदस्य समेत नरहने गरि पार्टीले सारूलाई काँग्रेसबाट निलम्बन गरेकाे छ । सारूकाे समर्थक र प्रस्तावकमा बसेका पुर्व पार्टी सभापति शाेभाखर पाैडेल र पुर्व उपसभापति जिवलाल पाैडेल पनि पार्टीबाट निलम्बनमा परेका छन् । नेपाली काँग्रेसकाे विधान, २०१७ (संसाेधन सहित) काे धारा ४ (१३) ग बमोजिम स्वत: नेपाली काँग्रेसकाे केन्द्रीय कार्यसमितिले निष्कासन गरेकाे काँग्रेस अर्घाखाँचीले जनाएको छ । सारूकाे पक्षमा प्रचारप्रसारमा जाेडिने कार्यकर्तालाई निगरानीमा राख्न काँग्रेस अर्घाखाँचीले निर्देशन गरेकाे छ । पार्टीका आधिकारीक वडा अध्यक्षका उम्मेदवार कृष्णप्रसाद पाैडेलकाे प्यानललाई विजयी बनाउन काँग्रेस अर्घाखाँचीले निर्देशित गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस्