पाणिनी ५ का वडाध्यक्ष पदका उम्मेदवार गणेश घिमिरेको प्रमुख प्राथमिकता वडाको आर्थिक समृद्धि

| २०७९ बैशाख २५ गते १५: ५८ मा प्रकाशित

कमला घिमिरे,अर्घाखाँची । गठबन्धनको तर्फबाट पाणिनी गाउँपालिका वार्ड नं. ५ का वडाध्यक्ष पदका उम्मेदवार गणेश घिमिरेले आफ्नो प्रमुख प्राथमिकता वडाको आर्थिक समृद्धि रहेको बताउनुभएको छ । आइतबार नेपाली कांग्रेस पाणिनी-५ मैदान वार्ड कार्यसमितिले साविकको नं. १ लाई लक्षित गर्दै मालिकामा आयोजना गरेको चुनावी प्रचारप्रसार कार्यक्रम बोल्दै घिमिरेले यस्तो बताउनुभएको हो ।

घिमिरेले आम्दानी महत्त्वपूर्ण आवश्यकता रहेको बताउँदै वडाबासीको जीवनस्तर सुधार्न आर्थिक तबरले सक्षम हुनुपर्नेमा जोड दिनुभयो । उहाँले विशेष गरि महिलाहरुलाई घरमै बसि आम्दानी गर्न मिल्ने रोजगारीका कार्यक्रमहरु सञ्चालन गर्ने प्रतिबद्धता गर्नुभयो । ‘आम्दानी हाम्रो महत्वपूर्ण आवश्यकता हो । विषेश गरि महिलाहरुलाई उद्यमशीलता तालिम, बाख्रा तथा कुखुरापालन गरि आम्दानीको स्तर वृद्धि गर्न सकिन्छ ।’ उहाँले भन्नुभयो- ‘नागरिकलाई दैनिक खर्च व्यवस्थापन गर्न सजिलो हुन्छ ।’

घिमिरेले गुणस्तरीय शिक्षा, नि:शुल्क स्वास्थ्य सेवा, ज्येष्ठ नागरिकलाई घरघरमा स्वास्थ्य सेवा प्रवाह, कृषिमा आधुनिकीकरण, विद्युतमा सहुलियत, युवा स्वरोजगार कार्यक्रम, महिला उत्थानशीलतामा अग्रसरता, एक घर-एक धारा कार्यक्रम आफ्नो प्राथमिकतामा रहेको प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

उहाँले जनताको सेवा गर्ने अवसर प्रदान गर्न नागरिकलाई रुख चिन्हमा मतदान गरि अत्याधिक मतले विजयी बनाउन अनुरोध गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्