पाणिनीको नेतृत्वमा एमालेको झण्डा, भत्कियो, काँग्रेसको विरासत

| २०७९ जेठ २ गते १३: ४६ मा प्रकाशित

हरिप्रसाद भुसाल। अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकामा नेपाली काँग्रेसलाई पराजित गर्दै नेकपा एमालेले जित हाँसिल गरेको छ ।

एमाले इतरको गठबन्धनबाट उम्मेदवार बनेका नेपाली काँग्रेस अर्घाखाँचीका सचिव समेत रहेका अच्युत गौतम र उपाध्यक्षका उम्मेदवार लक्ष्मी गौतमलाई पराजित गर्दै एमालेले जीत हात पारेको हो ।

अध्यक्षमा निर्वाचित भएका एमालेका टेकराज न्यौपानेले ७ हजार ७ सय ४९ मत सहित जीत निकाल्दा उपाापध्यक्ष पदका उम्मेदवार नर्मदा पौडेलले ७ हजार ६ सय ६१ मत सहित जित हात पार्नुभएको हो । 

पाणिनी गाउँपालिकालाई नेपाली काँग्रेसले आफ्नो आधार क्षेत्र बताउने गरेको थियो । २०७४ सालमा भएको एकल प्रतिष्प्रधामा जित निकालेको नेपाली काँग्रेसले यो पटक भने माओवादी केन्द्र, राष्टिय जनमोर्चा, नेकपा एकीकृत समाजवादी लगायतका दलको साथ पाएर पनि पराजित भएको हो ।

२०७४ सालको निर्वाचनमा नेकपा एमालेबाट उपाध्यक्षमा निर्वाचित उपाध्यक्ष लक्ष्मी गौतम सहित हजारौंलाई पार्टी प्रवेश गराएको कारण पनि आफुले सहज जित निकाल्ने दावी गरिरहेको काँग्रेस पराजित भएको हो । यो पालिकामा ४ वडा नेपाली काँग्रेस र ४ वडा नेकपा एमालेले जित निकालेका छन् ।

प्रतिक्रिया दिनुहोस्