पाणिनी गाउँपालिकाको कार्यपालिकामा कांग्रेसको बहुमत

| २०७९ जेठ १४ गते २२: ०७ मा प्रकाशित

प्रेमनारायाण आचार्य,अर्घाखाँची। पाणिनी गाउँपालिकाको कार्यपालिकाको निर्वाचन सम्पन्न भएको छ। आज भएको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका क्रमश: तारा पौडेल, राधा घिमिरे, लक्ष्मी सुनाखरी, शान्ता गौतम, विन्दु परियार र मानबहादुर विश्वकर्मा कार्यपालिका सदस्यमा विजयी भएसँगै कांग्रेस बहुमतमा भएको छ।

कांगेसको तर्फबाट निर्वाचित ६ जनासहित वडाध्यक्षहरु कमलप्रसाद पोख्रेल, चन्द्रकान्त पौडेल, युवराज ज्ञवाली र कृष्णप्रसाद पौडेलले प्रतिनिधित्व गर्ने भएका हुन। एमालेको तर्फबाट गाउँपालिका अध्यक्ष टेकराज न्यौपाने, उपाध्यक्ष नर्मदा गौतम, वडाध्यक्षहरु हरिप्रसाद घिमिरे, इन्द्रमणि घिमिरे, गुनाखर अधिकारी र रोमबहादुर पाण्डेले कार्यपालिकामा प्रतिनिधित्व गर्छन।

आज सम्पन्न निर्वाचन सँगै पाणिनी गाउँपालिकाको कार्यपालिकामा एमालेको तर्फबाट ६ जना र कांग्रेसको तर्फबाट १० जना गरी १६ सदस्यीय कार्यपालिका बनेको पाणिनी गाउँपालिका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

गाउँसभामा एमालेको तर्फबाट २० सदस्य र कांग्रेसको तर्फबाट २४ सदस्य सहित ४४ जना सदस्य गाउँसभामा सहभागी हुनेछ।  

प्रतिक्रिया दिनुहोस्