धातिवाङ्ग स्वास्थ्य चाैकी व्यवस्थापन समितिकाे अध्यक्षमा वडाअध्यक्ष पाैडेल

| २०७९ जेठ २० गते १५: ५२ मा प्रकाशित

कमला घिमिरे अर्घाखाँची। अर्घाखाँची जिल्लाकाे पाणिनि गाउँपालिका वडा नं. ६ धातिवाङ्गमा रहेकाे धातिवाङ्ग स्वास्थ्य चाैकी व्यवस्थापन समितिकाे गठन गरिएको छ । स्वास्थ्य नियमावली अनुसार वडा अध्यक्ष कृष्णप्रसाद पाैडेल अध्यक्ष रहेकाे व्यवस्थापन समिति गठन गरिएको छ । 

जसकाे उपाध्यक्षमा कार्यपालिका सदस्य तारा पाैडेल, सदस्य महिला शिक्षकबाट दुर्गा न्याैपाने पाैडेल, स्वास्थ्य स्वयंसेविकाबाट कमला पाैडेल, व्यापार क्षेत्रबाट सदस्य प्रेमलाल पाैडेल, सदस्य सचिव स्वास्थ्य चाैकी इन्चार्ज मित्रदेव पाैडेल र वडा सचिव गिता वाग्ले रहनुभएकाे छ । 

धातिवाङ्ग स्वास्थ्य चाैकीले नवनिर्वाचित जनप्रतिनिधिलाई स्वागत गरेकाे छ । वडा अध्यक्ष कृष्णप्रसाद पाैडेल, कार्यपालिका सदस्य तारा पाैडेल, वडा सदस्यहरू खगेश्वर पाैडेल, हरिप्रसाद पाैडेल, पुनीकुमारी कामीलाई स्वागत गरिएको हाे । कार्यक्रममा पुर्व व्यवस्थापन समिति अध्यक्ष थानेश्वर पाैडेल, नेपाली काँग्रेसका कार्यवाहक सभापति तारापति पाैडेल, धातिवाङ्ग मावि प्रअ हिमलाल पाैडेल लगाएतले शुभकामना मन्तव्य राख्दै स्वास्थ्य क्षेत्रमा जनप्रतिनिधिहरूकाे भुमिका महत्त्वपूर्ण हुने बताए । 

कार्यक्रम वडा अध्यक्ष कृष्णप्रसाद पाैडेलकाे अध्यक्षता, स्वास्थ्य चाैकी इन्चार्ज मित्रदेव पाैडेलकाे स्वागत तथा अहेव हेमन्त घिमिरेकाे सञ्चालनमा सम्पन्न भएको हाे ।

प्रतिक्रिया दिनुहोस्